मेची-महाकाली अभियान अन्तर्गत नेपालगन्जमा अायोजित सभामा सहभागी हुन जाँदै गरेका एमालेका कार्यकर्ताहरु। तस्बिर: अन्नपूर्ण
नेपालगन्ज: मेची–महाकाली अभियान अन्तर्गत नेकपा एमालेले नेपालगन्जमा गर्न लागेको आमसभा विथोल्न मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा पेट्रोल बम हानेका छन्।
मंगलबार एमालेको सभा विथोल्न मोर्चाले गरेको बाँके जिल्ला बन्दमा गाडी चलाएको भन्दै खजुरानजिकै पेट्रोल बम हानिएको मोर्चाले जनाएको छ। उक्त गाडीले गाउँबाट सभाका लागि एमालेका कार्यकर्ता ल्याएर आउँदै थियो। पेट्रोल बम प्रहार गरिएको भे १ ख २०४२ नम्बरको बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
बजारमा भने बन्दको खासै प्रभाव छैन। एमाले अध्यक्ष केपी ओलीलगायतका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने भनिएको सभामा गाउँ-गाउँबाट कार्यकर्ताहरुलाई ओसार्न एमालेले बसहरु पठाएको छ।annapurna post
No comments
Post a Comment