Latest News

Sunday, January 8, 2017

यी हुन् बेलायतका सर्वाधिक चर्चित योग गुरुः कक्षामा लाग्छ युवतीको लाइन

पुस २३  |   एजेन्सी
यी हुन् बेलायतका सर्वाधिक चर्चित योग गुरुः कक्षामा लाग्छ युवतीको लाइन
आजकाल भारतीय मूलका चर्चित योग गुरु ‘बिक्रम चौधरी’ चर्चामा छन् । किनभने यौन हिंसाको एक मुद्दामा उनको पूरा सम्पत्ति उनकी एक वकिलको नाममा हस्तान्तरण भइसकेको छ । बिक्रम चौधरीको पहिचान ‘हट योगा’ गुरुको रुपमा स्थापित भएको छ । यसैबिच एउटा नाम बेलायतका स्टुअर्ट गिलक्रिष्टको पनि आउँछ जो बेलायतका सबैभन्दा चर्चित योगा गुरु मानिन्छन् ।

– तपाईंलाई अचम्म लाग्ला, स्टुअर्टको पहिचान उनको कपालबाट आउने दुर्गन्ध पनि हो ।

– स्टुअर्ट आफैंले पनि उनले वर्षको एक पटक समुन्द्रको पानीले नहाउने जानकारी दिइसकेका छन् ।

– उनले पछिल्लो थुप्रै वर्षदेखि आफ्नो कपाल काटेका छैनन् जुन अहिले निकै लामो भइसकेको छ ।

– उनी लामो कपाल हुनु पनि राम्रो स्वास्थ्यको प्रतिक भन्छन् त्यसकारण उनले आफ्नो कपाल काट्दैनन् ।

– उनको लामो कपाल निकै गन्हाउँछ, तर पनि यहाँ मानिसहरुको लामो लाइन लाग्ने गर्दछ ।

सेलिब्रिटीदेखि राजकुमारकी सालीसम्मः
उनको योग कक्षामा बेलायतका राजकुमारकी साली पिप्पा मिडलटनदेखि हलिउडका चर्चित हस्तीहरु संलग्न छन् । स्टुअर्टको प्रसिद्धिलाई यसैबाट मापन गर्न सकिन्छ । उनी बेलायतका सर्वाधिक चर्चित योग गुरु हुन् । स्टुअर्टको भनाई अनुसार ‘हट योगा’ कुनै यौनिक क्रियाकलाप नभई ‘थाई मसाज’, ‘स्पोर्टस फिजियो मसाज’ हुन् । यसले शरिर स्वस्थ राख्नुका साथै मन शान्त पार्छ ।

थुप्रै देशमा छन् योगा कक्षाः
स्टुअर्टको अहिले संसारभरी करिब ७० वटा कक्षा चलिरहेका छन् । उनले योगा सिकाउनका लागि आफैले तालिम दिएर ५० जना शिक्षक तयार पारेका छन् । स्टुअर्टले एउटा सेसनको १६ पाउन्ड (दुई हजार रुपैयाँ बढि) । स्टुअर्टका अनुसार उनको कक्षा लिनेमा महिला धेरै छन् । उनी भन्छन्, यस्तो किनभने महिलाहरु आफ्नो शरिरलाई फिट राख्ने कुरामा बढि सचेत हुन्छन् ।

सुरुवातमा वकिल थिए स्टुअर्टः
एक अंग्रेजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा स्टुअर्टले उनी कुनै बेला व्यवसायिक रुपमा वकिल भएको बताए । उनले करिब पाँच वर्षसम्म वकालत पनि गरिन् । यसै क्रममा उनको लगाव योग प्रति रह्यो । जसका कारण उनले योग सिक्न सुरु गरे र अब उनी योगा शिक्षक हुन् । स्टुअर्टका अनुसार मानिसलाई स्वस्थ राख्नु एक समाज सेवा नै हो ।

No comments

Post a Comment