राष्ट्रिय मानवअधिकार समिति एनएचआरसी कतारको सहकार्यमा काम गर्नका लागि आप्रवासी समुदायका प्रतिनिधिसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ । समिति र समुदायका प्रतिनिधिले कामदारका उजुरी ग्रहण गरी समाधानका लागि पहल गर्नेछन् ।
मानवअधिकार समितिले नेपाल, फिलिपिन्स, नाइजेरिया, भारतका समुदायका प्रतिनिधिसँग सहमतिपत्रमा हस्ताक्षर गरेको हो । समितिले प्रतिनिधिलाई काम गर्न कार्यालय समेत उपलब्ध गराएको छ । नेपाली कामदारको गुनासो सुन्न नेपाली समुदायको तर्फबाट अभिमानसिह लामा र रमजान अलि मियाँले जिम्मवारी लिएका छन् ।
समितिका कानुन मामिला विभागका निर्देशक जाब्बर अल अवालीले नेपाली प्रतिनिधिसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।प्रतिनिधिले कामदारको गुनासो लिएर समाधानका लागि समितिलाई बुझाउनेछन् । कम्पनीबाट सहमतिअनुसार तलब, सेवा, सुविधा नदिने, उचित वासस्थान उपलब्ध नगराउने, कतारको श्रम कानुन उल्लघन गर्ने, भिषा नलगाई काम लगाएमा नेपाली कामदारले ती प्रतिनिधिलाई भेटेर उजुरी दिन सक्नेछन ।
प्रतिनिधिले पीडित र समितिसँग समन्वय गरी समस्या समाधान गर्न मद्दत गर्नेछन् । निर्देशक जावर अल अवालीले यो सम्झौतापछि कामदारको उजुरीलाई निवारण गर्न ठूलो सहयोग पुग्ने बताए । प्रतिनिधिले कामदारसँग उजुरी लिएर समितिमा बुझाएर पछि सम्बन्धित अधिकारीले कारवाही अगाडि बढाउने उनले बताए
No comments
Post a Comment