Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, March 10, 2017

पर्वतमा एकै परिवारका चार सदस्यको मिर्गौला फेल

पर्वत २८ फागुन । पर्वत कुर्घा–२ का त्रिलोचन शर्मा पौडेलको परिवारका चार सदस्यको मिर्गौला फेल भएको छ । प्रत्यारोपण गरेका तथा प्रत्यारोपणमा सहयोग गरेका कारण यो परिवारका सबै सदस्यसँग एउटा मात्रै मिर्गौला छ मिर्गौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गौला प्रत्यारोपण गरिएको छ । पछिल्लो समय श्रीमतीको पनि मिर्गौला फेल भएको छ । ‘
रोगलाई मानिसको सबैभन्दा ठूलो शत्रु मानेर नै होला, शत्रु लागे पनि रोग नलागोस् भनेर कामना गरिन्छ, तर मेरो परिवारका लागि रोग नै सबैभन्दा ठूलो शत्रु बन्यो,’ शर्माले भने, ‘परिवारका सबै सदस्य मिर्गौला रोगबाट पीडित हुँदा घरबास उठ्यो,’ त्रिलोचनकी श्रीमती प्रेमकला पौडेलको अहिले डायलोसिस भइरहेको छ । ‘डायलोसिसबाट सधैँ बस्न सकिँदैन,’ त्रिलोचनले भने, ‘सहयोग पाएमा छिटै प्रत्यारोपण गर्ने योजनामा छु, आफूसँग प्रत्यारोपण गर्ने धन छैन ।’ माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरे पनि संक्रमण हुने र नियमित रूपमा औषधि खानुपर्ने समस्या छ ।

जेठो छोरा प्रकाशको ०६३ मा २६ वर्षको उमेरमा मिर्गौला फेलकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनले मिर्गौला खराब भएको थाहा नपाएका कारण ज्यान गुमाउनुपरेको बाबु त्रिलोचनले बताए । कान्छो छोरा दीपकको २३ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरिएको छ । उनलाई ठूलो दिदी शारदा शर्माले मिर्गौला दिएपछि प्रत्यारोपण गरिएको उनले बताए । अहिले नियमित रूपमा औषधि खाँदा महिनामा २० हजारजति खर्च लाग्ने दीपकले बताए । ‘मिर्गौला फेरेर मात्रै भएन, नियमित औषधि सेवन गर्नसमेत कठिनाइ भएको छ,’ माहिली छोरी श्यामलाको पनि दुवै मिर्गौला फेल भएपछि बाबु त्रिलोचनले एउटा मिर्गौला दिएका छन् । ‘छोरीको पनि मिर्गौला फेल भएपछि मैले एउटा दिएर बचाएको छु,’ बाबु त्रिलोचनले भने ।

शारदा र श्यामलाको बिहे भइसकेको छ । गत फागुनदेखि श्रीमती प्रेमकुमारीको समेत दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको उनले गुनासो गरे । कान्छी छोरी कमला मात्रै अहिलेसम्म मिर्गौलाको रोगबाट बचेको उनले बताए । कमला र दीपकको सामान्य जागिरका भरमा बिहान–बेलुकाको छाक टार्दै आएको यो परिवारले उपचारका लागि मात्रै अहिलेसम्म डेढ करोडभन्दा बढी खर्च गरिसकेको छ । अहिले दीपक र प्रेमकलाको डायलोसिसको खर्च मात्रै मासिक २० हजार खर्च हुन्छ । ‘मासिक रूपमा औषधि खुवाउनसमेत कठिन छ,’ उनले भने ।

भारतको मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आएका उनी एकाएक परिवारमा मिर्गौला रोगको पीडा थपिएपछि निकै मर्माहत भएका छन् । ‘ऋणधन र जग्गा–जमिन बेचेर तत्कालीन खर्च टारे पनि अहिले आर्थिक संकटमा परेको छु,’ उनले भने, ‘मासिक रूपमा हुने उपचार खर्च कसरी ल्याउनु ?’ कान्छा छोरा दीपकको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या देखिएपछि भारतबाट महँगो मूल्यमा औषधि मगाएर नियमित सेवन गरिरहेका छन् । कान्छी छोरी कमलाबाहेक सबैजना एकपछि अर्को गरी यही अंगको खराबीले थलिँदै गएको त्रिलोचनले बताए । ‘अब परिवारमा कान्छी छोरी कमला मात्रै स्वस्थ छिन्,’ उनले भने । यो खबर आजको नयाँ पत्रिकामा छ ।

No comments

Post a Comment