Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, November 26, 2016

संविधान विपरित संशोधन प्रस्ताव आए एमाले अदालत जान्छ’

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अहिले प्रदेशको सीमांकनबारे संविधान संशोधन हुन नसक्ने बताएका छन्। उनले अहिले प्रदेशको सीमांकनबारे संशोधन गरिए त्यो संविधान विपरित हुने समेत जिकिर गरे।
उनले प्रदेशको सीमांकन संशोधन गर्ने हो भने पहिला प्रदेशको निर्वाचन गर्नुपर्ने जिकिर गरे। आफ्नो पार्टीलाई संविधान संशोधनको विरोधी हो भनेर जबरजस्ती प्रचार गरिएकोमा असन्तुष्टि पोख्दै अधिकारीले भने,‘एमाले संविधान संशोधनको विरोधी होइन, तर संशोधनको औचित्य पुष्टि हुनुपर्यो भन्ने हाम्रो कुरा हो, अहिले सरकारले संशोधन प्रस्ताव ल्याउने हल्ला चलिरहेको छ, एमालेले औचित्यको आधारमा समर्थन वा विरोध गर्छ।’
रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कारमा उनले संविधान विपरित संशोधन प्रस्ताव आए आफ्नो पार्टी अदालतमा जाने समेत चेतावनी दिए। अधिकारीले थपे,‘हामी प्रतिवाद गर्छौं।’ उनले हिजो संविधान ९० प्रतिशतले जारी गर्दा मान्य नहुने आज एमालेलाई बाहिर राखेर संशोधन गर्दा कसरी मान्य हुन्छ भन्दै प्रश्न समेत गरे।
उनले परिवर्तनको एजेण्डाहरुलाई कार्यान्वयन गर्नको लागि पनि निर्वाचनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

No comments

Post a Comment