Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, November 26, 2016

५ नम्बर प्रदेश टुक्र्याउने कुरा स्वीकार्य छैनः भुसाल

काठमाडौंः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसकी नेतृ पम्फा भुसालले विवाद नभएको ५ नम्बर प्रदेशलाई टुक्र्याउने कुरा स्वीकार्य नभएको बताएकी छिन्।
नेतृ भुसालले विवाद नै नभएको ५ नम्बर प्रदेशमा विवाद उत्पन्न गराएकोमा आक्रोश पोख्दै भनिन्,‘५ नम्बर प्रदेशमा विवाद नै छैन, विवाद नभएको ठाउँमा अनावश्यक विवाद किन गर्न खोजिएको हो? आजसम्म ५ नम्बर प्रदेशमा विवाद छैन, यदि हो भने यो विवादको टुँगो लगाउने जिम्मा संघीय आयोगलाई दिनुपर्छ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ भुसालले कसैको अमुक स्वार्थ पुरा गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले विवाद नै नभएको प्रदेशमा विवाद उत्पन्न गराउन खोजेको आरोप लगाइन्।
उनले ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा विवाद समाधान हुने सुनिश्चितता भएमात्रै आफुहरु यो प्रदेशको विवाद संघीय आयोगबाट होस् भन्ने पक्षमा रहेको स्पष्ट पारिन्। उनले अघि भनिन्,‘अरु विवादित जिल्लाहरु यथावत रहने अनि यो विवाद नै नभएको प्रदेशलाई किन तलमाथि गर्ने, यसको टुँगो लगाउने जिम्मा जनतालाई दिनुपर्छ, कि विधान सभालाई वा संसदलाई दिनुपर्छ।’
भुसालले संविधान कार्यान्वयनको लागि पनि तीनवटै निकायको चुनाव समयमै हुनुपर्ने बताइन्। उनले संविधान जारी भएसँगै प्राप्त भएका संघीयता, गणतन्त्रजस्ता उपलब्धिहरुको रक्षाको लागि समयमै संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।
संविधान संशोधनबारे सरकारले राप्रपासँग छलफल गरेन
कार्यक्रममा रापप्राका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन के–के विषयमा हुँदैछ भन्ने विषयमा अहिलेसम्म सरकारले आफ्नो दलसँग कुनै औपचारिक छलफल नै नगरेको स्पष्ट पारेका छन्।
उनले संविधान संशोधन गर्दा मधेशका मात्रै नभएर आफूहरुले उठाएका विषयमा पनि संशोधन हुनुपर्ने बताए। यद्यपि उनले आफूहरु मधेशको माग सम्बोधन होस भन्ने पक्षमा रहेको जिकिर गरे।
उनले भने,‘हिन्दुराष्ट्रको बारेमा के हुन्छ ? हिजो एक पटक संविधान संशोधन भइसक्यो?’ गिरीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य नेताहरुले ५ नम्बर प्रदेशको बारेमा उठाएको कुरालाई सरकारले सुन्नुपर्ने सुझाव दिए।
उनले संविधान संशोधनको विषयमा वर्तमान सरकारले परिपक्व ढंगले होमवर्क नगरेको आरोप लगाए। विवादित जिल्लाको टुँगो लगाउने जिम्मा आयोगलाई दिनुपर्ने उनको भनाइ थियो।

No comments

Post a Comment