Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, November 29, 2016

इतिहास रच्न हिँडेको ब्राजिलको फुटबल टोलीको विमान दुर्घटना को को सबार थियो त विमानमा हेर्नुहोस फुटवल खेलाडीको नाम सहित

इतिहास रच्न हिँडेको ब्राजिलको फुटबल टोलीको विमान दुर्घटनामा दुःखद अन्त्य बोगोटा – ब्राजिलको फुटबल क्लब च्यापाकोएन्सको नाम धेरै फुटबल समर्थकहरुले आजभन्दा अघि सुनेका थिएनन् । बुधबार यो टोलीले एउटा नयाँ इतिहास रच्ने धुनमा थियो । तर, कोलम्बियामा भएको विमान दुर्घटनामा क्लब र खेलाडीहरुको सपना चकनाचुर भएको छ ।च्यापाकोएन्सले बुधबार कोपा सुडअमेरिकाना प्रतियोगिताको फाइनलमा खेल्न लागेको थियो । दक्षिण अमेरिकामा खेलाइने यो प्रतियोगिता युरोपमा खेलाइने युरापा लिगजस्तै हो ।कोलम्बियाको मेडेलिन सहरमा त्यहाँको एथ्लेटिको न्यासिनोलसँग फाइनल खेलको पहिलो लेग खेल्नका लागि टोली चार्टर गरेको विमानमा बोलिभियाको सान्ताक्रुजबाट कोलम्बियाका लागि उडेको थियो ।विमानमा ७२ यात्रुसहित ९ चालक दलका सदस्य थिए । तर, मेडेलिन सहर पुग्नभन्दा केही समयअघि ला युनियन नगरपालिकामा रहेको सेरो गोर्डोमा मध्यरातमा प्लेन दुर्घटनाग्रस्त बन्न पुग्यो ।प्रतियोगिताको ‘अन्डरडग’ टोली मानिएको च्यापाकोएन्सले सेमिफाइनलमा अर्जेन्टिनाको सान लोरेन्जोलाई १–१ को बारबारीमा रोक्दै अवे गोलको आधारमा फाइनलमा पुगेको थियो । योसँगै च्यापाकोएन्स सन् २०१३ पछि प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो ब्राजिलियन टोली बनेको थियो ।तर, दुर्घटनापछि फाइनल खेल रद्द गरिएको छ । दक्षिण अमेरिकी फुटबल कन्फेडरेसनले सबै खेलकुद गतिविधि रोक्ने निर्णय समेत गरेको छ ।

सहरको खुसी खोसियो
दुर्घटनापछि विज्ञप्ति निकाल्दै क्लबले भनेको छ, ‘विमानमा यात्रा गरिरहेका हाम्रा खेलाडी, अधिकारी, पत्रकार र अन्य पाहुनाहरुलाई भगवानले रक्षा गरुन् ।’ दुर्घटनाको पूर्ण विवरण नआएसम्म क्लबले घटनाबारे केही पनि नबोल्ने बताएको छ ।क्लबका उपाध्यक्ष इभान टोजोले केबल च्यानल स्पोर्ट टिभीसँग कुरा गर्दै भने, ‘आज हाम्रो सहरमा धेरै जना रोइरहेका छन् । हामीले यस्तो हुन्छ भनेर सोचेका पनि थिएनौँ । च्यापाकोएन्स यो सहरको खुसियालीको ठूलो कारण थियो । हाम्रो खुसी खोसिएको छ ।’

केही भाग्यमानी बाँचे
८१ जना सवार रहेको विमानमा केही भाग्यमानी भने बाँच्न सफल भएका छन् । यद्यपि, कति जना बाँचे र को–को बाँचे भन्ने फरक फरक रिपोर्टहरु आएका छन् ।डेली मेलले घटनामा पाँच जना बाँचेको बताएको छ ।
यता, बिबिसीले घटनामा क्लबका डिफेन्डर एलान रुस्चेल बाँचेको पुष्टि गरेको छ । स्पोर्ट नेटवर्क टेलेमुन्डो डिर्पोटेसलेले पनि रुस्चेल स्तब्ध रहेको तर कुरा गरिरहेको बताउँदै उनले आफ्नो विवाहको औँठी राख्न र आफ्नो परिवारले हेर्ने इच्छा व्यक्त गरेको उल्लेख गरेको छ ।त्यस्तै घटनामा गोलकिपर ज्याकसन फोलम्यान र ड्यानिलो तथा फिजियो थेरापिस्ट राफायल गोबाटो पनि बाँचेको रिपोर्टहरुमा उल्लेख छ ।

अभागी टोली
डेली मेलमा प्रकाशित रिपोर्टका अनुसार ब्राजिलको फुटबल टोलीलाई अन्तिम समयमा विमान बदल्न लगाइएको थियो । उनीहरु चार्टर एयरलाइन लामियाको एभ्रो आरजे८५ विमानमा सवार थिए । ब्रिटिस एरोस्पेसको विमानमा १४६ यात्रु अँट्ने बताइएको छ ।कोलम्बियाको विमानस्थलद्वारा जारी विज्ञप्तिमा दुर्घटना हुन अघि पाइलटले विमानमा विद्युतीय समस्या देखिएको बताएको छ।

च्यापाकोएन्स फुटबल क्लबबारे

-सन् १९७३ मा स्थापना भएको

-ब्राजिलको च्यापाको सहरको क्लब

-आय आर्जनको सूचीमा ब्राजिलको २१ औँ ठूलो क्लब

-सन् २०१४ मा मात्र ब्राजिलको प्रथम डिभिजन सिरिए ए मा प्रमोसन भएको । हाल लिगमा नवौँ स्थानमा रहेको

-प्रतियोगितामा अन्डर डग मानिएको टोली च्यापाकोएन्स कोपे लिबरटाडोरेस विजेता एथ्लेटिको न्यासिओनासँग भिड्दै थियो विमान उड्नअघि खिचिएका तस्विरहरु

No comments

Post a Comment