काठमाडौं, मंसिर १५ । विमान दुर्घटनामा परी ज्यान गुमाएका ब्राजिलियन फुटबल क्लबका खेलाडीहरुको सम्झनामा विश्वभर श्रदाञ्जलि दिइएको छ ।ब्राजिलियन क्लब चापेकोन्सेका खेलाडीहरुसहित चार्टर गरिएको विमान मंगलबार कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटना हुँदा सबै खेलाडी र पदाधिकारीहरुले ज्यान गुमाएका थिए ।खेलाडी, पदाधिकारी र २१ जना खेलकुद पत्रकारसहित उक्त विमानमा ८१ यात्री रहेका थिए । जसमध्ये ६ जनाको भने जीवितै उद्धार गरिएको छ ।यही दुःखद् घटनाको सम्झनामा विश्वका चर्चित फुटबल खेलाडीहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।यसरी श्रद्धाञ्जलि व्यक्त गर्ने खेलाडीहरुमा ब्राजिलका नेइमार, अर्जेन्टिनाका लियोनल मेसी, इंग्ल्यान्डका वायन रुनीलगायतका छन् ।तीन वर्ष शीर्ष डिभिजनबाट घटुवा नहुने व्यवस्थाब्राजिलियन फुटबल महासंघले चापेकोन्से फुटबल क्लबलाई कम्तिमा तीन वर्ष ब्राजिलको शीर्ष डिभिजनबाट घटुवा नहुने व्यवस्था सुनिश्चित गर्ने प्रयास थालेको जनाएको छ ।क्लबका सबै खेलाडीहरु दुर्घटनाको शिकार बनेपछि क्लबलाई आर्थिकरुपले टाट पल्टिनबाट जोगाउन यस्तो व्यवस्था गर्न लागिएको हो ।
कोलम्बियाको एथ्लेटिको नासियोनलसँग दक्षिण अमेरिकाकै प्रतिष्ठित कोपा सुदामेरिकाना फुटबल प्रतियोगिताको फाइनल खेल खेल्न जाँदा ब्राजिलियन क्लब दुर्घटनामा परेको हो ।चापेकोन्सेविरुद्धको खेलको प्रतिद्वन्द्वी एथ्लेटिकोलाई यो खेलमा हार स्वीकार गर्न अनुरोधसमेत गरिएको छ ।यसो गर्दा चापेकोन्सेका मृत खेलाडीहरुलाई दक्षिण अमेरिकी च्याम्पियन घोषणा गर्न सहयोग मिल्ने फुटबल अधिकारीहरुले बताएका छन् । (एजेन्सी)
No comments
Post a Comment