Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, November 26, 2016

लोडसेडिङ अन्त्यका लागि नवीकरणीय ऊर्जा आवश्यकः मन्त्री जोशी

काठमाडौं: जनसङ्ख्या तथा वाातावरणमन्त्री जयदेव जोशीले विद्युत्भार कटौती अन्त्य गर्ने सरकारको लक्ष्य हासिल गर्न सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको १६ औँ वार्षिक साधरणसभाको उद्घाटन गर्दै उनले भारतबाट विद्युत् आयात गरेर गरिने विद्युत्भार कटौती दिगो नहुने भएकाले सौर्य ऊर्जाबाट ऊर्जा सुरक्षा सुनिश्चित गर्न सकिने बताए।
मन्त्री जोशीले सरकार, निजी क्षेत्र र सहयोगी दातृ संस्थाको सामूहिक प्रयासबाट मात्रै देशको ऊर्जा विकास सम्भव हुने बताए। जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विश्वव्यापी रुपमै वातावरणमैत्री ऊर्जाको विकासमा जोड दिइएको उल्लेख गर्दै नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनका लागि सरकार नवीकरणीय ऊर्जा नीति ल्याउन लागेको जानकारी दिए।
बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले वर्तमान ऊर्जा अभावको दिगो समाधानका लागि ठूला क्षमताका सौर्य विद्युत् प्रणालीमा जोड दिए। उनले साँझको समयका लागि मात्र नभएर दिउँसोको समयमा पनि सोलारबाट विद्युत् उत्पादन गरी नेट मिटरिङ प्रणालीमा जानुपर्ने बताए।
कार्यक्रममा ऊर्जाविद् प्रा डा जगन्नाथ श्रेष्ठले हालको विद्युत् अभावलाई पूर्ण गर्न सहरी क्षेत्रका घरका छतमा ठूला क्षमताका सौर्य प्रणाली जडान गर्न सकिने प्रशस्त सम्भावना नहुँदा बचत भएको भनिएको १६ अर्बबाट ८० मेगावाट जलविद्युत् र ३० मेगावाट सौर्य विद्युत् जडान गर्न सकिने तथ्याङ्क प्रस्तुत गरेका थिए।
सङ्घका अध्यक्ष उत्तम सिटौलाले सरकारले हालै गरेको विद्युत्भार कटौतीलाई सफल पार्न नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्न सोलार व्यवसायी तयार रहेको र सरकारले पनि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न तयार हुनुपर्ने बताए। रासस

No comments

Post a Comment