Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, November 27, 2016

वैदेशिक रोजगारले निम्त्याएको समस्याः श्रीमान विदेशमा, श्रीमती अर्कैसँग टाप कसेपछी

गेन्द्र योगी सुन्दरदुलारी(मोरङ) । श्रीमान विदेशमा भएको बेला श्रीमती पनि अन्त्यै घर छाडेर गएपछि दुई नाबालक छोराको बिचल्ली भएको छ । मोरङ सिंहदेवी-९ का जसमान राईको जीवनमा सोच्दै नसोचेको घटनाले पारिवारिक जीवनमा भुइचालो आएको छ । छुट्टीमा घर आउँदा ३० वर्षीय श्रीमती सोनु राई दुई छोराहरु लालनपालन गरि राम्रै घरबार सम्हालेर बसेकाले पुनः विदेश गएको १८ महिना नपुग्दै नाबालक छोराहरुलाई छाडी भएभरको सम्पति लिएर श्रीमती बेपत्ता भएपछि समस्यामा परेको उनले बताए।
श्रीमती बेपत्ता भएको खबर सुन्ने बित्तिकै विदेशबाट हान्निएर नेपाल फर्किए ,नेपाल आउँदा साना दुई छोराहरु मात्रै पाए उनले भने। श्रीमतीको खोजीमा विभिन्न ठाउँमा भौतरिरहेको र इलाका प्रहरी कार्यालय केराबारीमा समेत श्रीमती खोजी दिन आग्रह गर्दै निबेदन दिएको तर अझै फेला नपरेको उनले पुर्बेली न्युजलाई जानकारी दिए। १४ वर्ष देखि बुबाआमा संग छुट्टिएर आफ्नै घरमा बस्दै आएको राई परिवारमा कुनै खटपट नआएको र आफू बिदेशमा छदा पनि सम्बन्ध राम्रै रहेकाले श्रीमतीकै बिश्वासमा पैसा पठाउने गरेको तर अहिले मेरो बिश्वासलाई घात गरेर चार पाँच लाख रुपैया र भएको सारा सम्पत्ति लिएर बेपत्ता भएपछि उनले विभिन्न संचार माध्यमबाट श्रीमती खोजिदिन आग्रह गरेका छन्।
सम्पति लिएर हिड्नु र छिमेकी युवा पनि हराउनुले पनि अर्कै केटासँग भागेकी हुन भन्ने गाउँघरमा चलेको हल्लाले उनले बताए। वैदेशिक रोजगारीले निम्ताएका यी त प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो दिन विदेशिने युवाको संख्या जसरी बढ्दो छ, त्यसरी नै पारिवारिक सम्बन्धान अनेक समस्या आईरहेका छन् ।
के भन्छ प्रहरीःयसरी धनसम्पति सहित घर छाडेर हिडेका महिलाको खोजी गरिपाँउ भन्दै हरेक दिन दर्जन बढि उजुरी आउने गरेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएको १ महिना यता मात्रै मानिस हराएको भन्दै धेरै मात्रामा निवेदन दर्ता भएका छन् । जसमध्ये महिला हराएकाले खोजी पाँउ भन्ने व्यहोराका बढी निबेदन परेको छ । बाँकी मुद्दा मध्ये पुरुष र बालबालिका हराएकाले खोजी पाँउ भन्ने व्यहोराका निवेदन दर्ता भएका छन् ।

No comments

Post a Comment