Latest News

Monday, November 28, 2016

सोमबार बिहानको ५.६ म्याग्निच्यूडको पराकम्पनका कारण एकजनाको मृत्यु

काठमाडौं, मंसिर १३ । सोमबार एकाबिहानै आएको पराकम्पन (भूकम्प)मा परी एकजनाको मृत्यु भएको छ ।
पराकम्पनका कारण आमादब्लम हिमालमा पहिरो जाँदा खसेको चट्टानले लागेर आरोहणमा गएका सोलुखुम्बु, खुम्जुङ गाविस वडा नम्बर–८ का ४२ वर्षीय लाक्पा थुन्डु शेर्पाको मृत्यु भएको हो ।
हिमपहिरोमा परी बेलायली नागरिक पेरिन हिल सामान्य घाइते भएको र उनलाई उपचारका लागि काठमाडौं पठाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।तीन दिनअघि आमादब्लम हिमाल आरोहणमा गएका उनीहरु दोस्रो शिविरबाट तेस्रो शिविरतर्फ लाग्नेक्रममा भूकम्प आइ हिमपहिरो खसेको जनाइएको छ ।आरोहण दलका अरु सदस्यहरु भने सकुशल रहेको पनि प्रजिअ पाण्डेले बताए ।सोमबार बिहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखुम्बुको सीमामा केन्द्रबिन्दू भएर ५.६ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।यो नयाँ भूकम्प नभइ गत वर्ष गएको ‘गोरखा भूकम्प’कै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

No comments

Post a Comment