Latest News

Tuesday, November 29, 2016

शत्रुलार्इपनि नहाेस यस्ताे : अधुरै रह्यो विवाहको सपना : प्रेमिकाले दिइन प्रेमिको दागवति

आइतवार साँझ ८ बजे धरानको ढुंगेधारामा निकै सन्नाटा छाएको थियो । शव जलाउँन गएका मलामीहरु निकै हतारिदै थिए । चितामा राखिएको शवको अन्त्यष्टि गर्न दागवत्ति कसले दिने भनेर मलामी र आफन्तमा कुराकानी चलिरहेको थियो । अचानक एक युवति रुँदै कराउँदै त्यहाँ आइपुगिन् । चितामाथि राखिएको शवलाई अंगालो हालिन् । भक्कानियर रुदै भनिन , “आखिर यो के भयो ? मलाई पनि संगै लैजाऊ ”यस्तै विलौना गर्दै युवति चिच्याई रहेकी थिइन् । केही क्षणमा उनी त्यही अचेत बनिन ।
दुर्घटनामा परी मृत्यु भएका महेश बिक
चलचित्रको कथावस्तु झैं लाग्ने यो परिदृश्य कुनै काल्पनिक घट्ना नभएर धरानको बगरकोट स्थित ढुंगेधारमा शवदाहसंस्कार स्थलमा देखिएको झलक हो । मोरङको केराबारी खोर्साने सडक खण्डमा शनिवार दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर खादा दुर्घट्नामा परी इलाम नगरपालिका ४ घर भई मोरङको केराबारी १ मा पाथीभरा सुनचादी पसलमा कार्यरत महेश विकको मृत्यु भएको थियो । महेशको उपचारको क्रममा घोपा क्याम धरानमा मृत्यु भएपछि शव पोष्टमार्टम गरी दाहसंस्कार गर्न धरानको बगरकोट स्थित ढुंगेधारमा लगिएको थियो ।
दाह संस्कारस्थलमा देखिएको यो परिदृश्यले त्यहाँ पुग्ने जो कोहीलाई भावुक मात्र बनाएन मृतक महेश र झापा घर भएकी सन्ध्या (नाम परिवर्तन) विच ३ वर्ष देखि यता झाँगिएको प्रेमलाई लगनगाठोमा कस्ने
उनीहरुको इच्छा र चाहनालाई दैवले चुडाई दियो ।
फूलमाला गर्ने दिन दागवत्ति दिनुपर्यो 
 इलाम नगरपालिका ४ घर भई केराबारी १ मा पाथीभरा सुनचाँदी पसलमा काम गर्दै आएका महेश विकको वास्तविकतासंग जोडिएको यो कथा यतिमा मात्रै सिमित रहेन । महेशका घरमा तिनै युवतिलाई (बेहुली) भित्रयाउने अन्तिम तयारी थियो । आफनो बावुको मृत्यु भएको र आमाले दोश्रो विवाह गरी गएका कारण सन्ध्यालाई आफनो घरमा लाने कि कोठामा भित्रयाउने सल्लाह गर्न आफनो काकालाई खोर्सानेबाट लिएर आउदै थिए महेश ।३ वर्ष अघिदेखि एकापसमा प्रेम गर्दै आएका सन्ध्या र महेशको प्रेमलाई विवाहमा परिणत गर्न फूलमाला गर्ने अन्तिम तयारी थियो । महेशले आफू वस्दै आएको केरावारी स्थित आफनो कोठामा साज सज्जा गरेका थिए । आफनी प्रेमिकालाई वेहुली वनाएर भित्रयाउने उनको रहर थियो । कोठा सरसजावट गरी फर्निचरको व्यवस्था समेत गरेका थिए । बिडम्वना जीवन संगिनी भित्रयाउँन आतुर देखिएका आफनो प्रेमीको मृत्युको खवरले स्तब्ध भएकी उनकी प्रेमिका दागवत्ति दिन आइपुग्दा मलामीहरु स्तब्ध मात्र बनेन् त्यहाका वातावरण नै शोकमग्न वन्नपुग्यो ।सवै कुराकानी भैसकेकाले युवतिलाई फूलमाला गर्ने दिन मंसिर १३ कुरेर वसेका थिए सन्ध्याका परिवार । सन्ध्यालाई घरमा भित्रयाएर वैवाहिक जीवन सूरु गर्ने महेशको चाहना कल्पना भन्दा फरक रहेन ।  कल्पना सपना नै भयो यही कथाको पेरीफेरीमा उनका आफन्त र परिवार शोकमा डुबेका छन् । के सोचेका थिए के भयो महेशका दिदी उर्मिला सेञ्चुरीले बताइन् । महेश विकको परिवार यस्तै विलौना गरिरहेका छन् ।
सादा जीवन, मिलनसार र इमान्दार व्यत्तिको रुपमा परिचय बनाएका महेशले आफना साथीभाईहरुलाई भन्ने गर्थे जीवनको सवै खुशी त्यति बेला पुरा हुन्छ । जुन बेला मेरो घरमा लक्ष्मीको प्रवेश हुन्छ । तर उनले आफनो गृहलक्ष्मी भित्रयाउन त पाएनन पाएनन आफनै काका समेत घाइते भएर जीवन मरणको दोसाधमा रहेकाले विक परिवार पिडित बनेका छन् । घाइतेको शिघ्रस्वास्थ्यलाभको कामना महेशको आत्माले शान्ति पावस अलविदा महेश ।पुर्बेली न्युज बाट साभार

No comments

Post a Comment