Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, November 29, 2016

विमान दुर्घटनामा खेलाडीको मृत्यु भएपछि ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा डाँडोमा ठोक्किदा विमानमा सवार ७६ जनाको मृत्यु भएको छ

विमान दुर्घटनामा खेलाडीको मृत्यु भएपछि ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा 
दुर्घटनाग्रस्त विमान । तस्बिरः एपी एजेन्सीः विमान दुर्घटनामा परी फुटबल प्रतियोगितमा सहभागी
हुन जाने क्रममा खेलाडीको मृत्यु भएपछि ब्राजिल सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले दुर्घटनाको खबर पाए लगत्तै मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका हुन् । दक्षिण अमेरिकाको ठूलो मानिएको कोपा सुदामेरिकाना खेल्न बोलिभियाबाट खेलाडी लिएर उडेको विमान कोलम्बियाको मेडेलिन शहरको कोरो गार्डेन भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो ।
विमान एउटा डाँडोमा ठोक्किदा ठोकिदा विमानमा सवार ७६ जनाको मृत्यु भएको छ । ८१ जना सवार विमानबाट पाँच जनाको जीवितै उद्धार गरिएको छ । दुर्घटनामा ब्राजिलको ए डिभिजन क्लब चापेकोइन्सका खेलाडी सवार थिए ।
दुर्घटनापछि दक्षिण अमेरिकी फुटबल महासंघले कोपा सुडामेरिकन फुटबलको फाइनल खेल स्थगित गरेको छ । ‘हे ईश्वर, त्यो विमानमा हाम्रा खेलाडी, पदाधिकारी, पत्रकार र हामीले निम्तो गरेका विशिष्ट ब्यक्तिहरु सवार थिए । हामी उनीहरुको कुशलताको कामना गर्दछौं’, विमान दुर्घटनाको समाचार सार्वजनिक भएलगत्तै ४५ वर्ष पुरानो क्लब चापेकोन्सका उपाध्यक्ष ईभान टोज्जोले भनेका छन् । चापेकोन्स सन् २०१४ मा पहिलो पटक ब्राजिलको ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।
नेपाली समय अनुसार मंगलबार बिहान करिब नौ बजेर ४५ मिनेट जाँडा मेडेलिन विमानस्थलको नियन्त्रण कक्षसँग विमानको सम्पर्क बिच्छेद भएको थियो । उड्डयन प्राधिकरणका अधिकारीले उक्त विमानमा विधुतीय समस्या आएका कारण विमानस्थलको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको जनाएका छन् ।
जीवितै उद्दार गरिएका मध्ये एक चापेकोन्सका डिफेन्डर एलन रस्चेल रहेको समाचारमा जनाइएको छ । टोलीका गोलरक्षकद्वय ज्याक्सन फोलम्यान पनि जीवितै रहेको बताइएको छ । यसैगरी टोलीका अर्का डिफेन्डर हेइलो नेटोलाई पनि जीवितै उद्धार गरिएको समाचारमा जनाइएको छ । टोलीका पहिलो रोजाइका गोलरक्षक मार्कोस डानिलोलाई समेत जीवितै उद्धार गरिए पनि उचारका क्रममा उनको निधन भएको छ ।
ब्राजिलका राष्ट्रपति माइकल टेमरले फुटबल खेलाडी सवार विमान दुर्घटनाको समाचारबाट आफू स्तब्धः भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्मानमा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको उल्लेख गरेका हुन् यसैगरी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाका खेलाडीले पनि आफ्नो नियमित अभ्यास बीचैमा रोकेर मौन धारण गरेका छन् ।

No comments

Post a Comment