Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, November 28, 2016

बानेश्वरबाट सुन्धारा हिडेको टेप्पो भित्रको त्यो रोमान्टिक जोडी...

काठमाडौं । ३८३१ नम्बरको टेम्पो बानेश्वरबाट सुन्धारातिर हुँइकिरहेको थियो । टेम्पोका सिटजति सवै भरिएका थिए । भरिएका सिटमा एक जोडी किशोर किशोरी पनि सवार थिए ।लाग्थ्यो उनीहरु यो जीवनमा छुट्टिनै चाँहदैनन् । दुई प्राणी एउटै जस्तै खप्टिएर बसेका थिए । उनीहरुलाई टेम्पोमा बसेका अन्य कुनै ब्यक्तिसँग उनीहरुको कुनै सरोकार थिएन । थियो त केवल आफ्नो रोमान्टिक विदाको डेटिङ टाइम ।ह्या भेट्न र लामो समय बस्न पनि शनिवार नै कुर्नु पर्ने कस्तो अप्ठेरो’, आफ्नो गालामा फैलिएको कपाल मिलाउँदै ति किशोरीले भनिन्, ‘भोली दिनभर बस्नु पर्छ है, तिमी फेरि मेरो काम पर्यो भनौला ।’
किशोरले आधा अंगालोमा बाँध्दै भने ‘किन चिन्ता लिन्छेउ, विदाको दिन त हाम्रा लागि नै हो । हाम्रै लागि त सरकारले हप्तामा एक दिन विदा दिएको हो नी ।’ दुवै जना हाँसे । तर किशोरीको मन बुझेन । उनले फेरी भनिन् ‘गत हप्ता त बोर भयो, त्यो ठाउँमा त म जान्न । मैले फेसबुकमा तिमिलाई म्यासेज पनि पठाइसकेकी छु । हेरयौ ।किशोरले आँखा जुधाँउदै भने ‘हेरेनी ! किन नहेर्नु । तिम्रो म्यासेज नहेरी कस्को हेर्ने ।’ त्यतिकैमा किशोरीले भनिन् ‘आबै मलाई त अस्ती निकै डर लाग्यो । तिम्रो म्यासेज मेरो दाईले देख्यो भनेर । म किचेनमा थिएँ । दाईले मेरो मोवाइल चलाउँदै रहेछ । पछि थाहाँ पाएँ । एउटा फोन गर्नुछ भनेर मागेँ, त्यही बेला डिलिट गरेँ ।’उनीहरु कलेजका बिद्यार्थी भएको सहजै अनुमान गर्न सकिन्थ्यो । तर दुवै एउटै कलेजमा अध्ययन गर्दा रहेनछन् । त्यही भएर उनीहरुको भेट हुनलाई शनिवार वा सार्वजनिक विदा नै कुर्नपर्ने रहेछ ।
सार्वजनिक सवारी साधनमा बसेर उनीहरु यस्तै कुरामा मस्त भएका बेला एक बृद्धा पनि टेम्पोमा चड्नि । बस्ने ठाउँ नभएपछि ति बृद्धा सकि नसकि शिर नुहँराई उभिइन । तर ती जोडीले बृद्ध महिलालाई ठाउँ छोड्ने कुनै कष्ट समेत गरेनन् । ढोकाको छेउमै बसेका जोडीलाई को बृद्ध को महिला उनीहरुलाई कुनै मतलव नै थिएन ।
सार्वजनिक सवारी साधनमा महिलाका लागि आरक्षण सिट निर्धारण गरेको हुन्छ । मलाई लाग्यो हामी महिलालाई होइन अब बृद्धलाई आरक्षणको ब्यवस्था गर्नु पर्दछ । जो असक्त छ त्यसका लागि आरक्षण आवश्यक हो । प्रेममय फुल फलाउँदै गरेका जोडीका लागि के को आरक्षण ? ।टेम्पो अनामनगर, न्यूप्लाजा हुँदै, सहिद गेट पुगिसकेको थियो । अब टेप्पो र यात्रुको गन्तब्य पनि सकिएको थियो । त्यहि झदै गरेका जोडीले भने ‘आन्टी अब सिट खाली भयो ।’ ती बृद्धाले भनिन् ‘अब तपाईहरु नै बस्नुस् बाबु ।’ टेम्पो रोकियो, त्यो जोडीपनि आधा अँगालोमा बाँधिदै रोमान्टिक गन्तब्यतिर हिड्यो । खबरटाइम डट कम बाट 

No comments

Post a Comment