भारतमा बस दुर्घटनाबाट ४४ जनाको मृत्यु
मिडिया एनपी १प्रकाशित मिति: बुधबार, बैशाख नयाँदिल्ली, ६ वैशाख । उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पहाडी अफ्ट्यारो बाटोबाट गहिरो खोँचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् हिमाञ्चल प्रदेश अन्तर्गत पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठाकुरले प्रारम्भीक विवरणअनुसार अहिलेसम्म ४४ जनाको मृत्यु भएको खवर आफुलाई प्राप्त भएको बताए ।
घटनामा परी अन्य १२ जना घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको अधिकारीले जनाएका छन् । बुधबार दिउसो ५६ जना यात्रु लिएर गइरहेको बस टोनस नदीमा खसेको रोहनले जानकारी दिए । हिमाञ्चल प्रदेशको राजधानी सिम्लादेखि धेरै दुर्गम क्षेत्रमा पर्ने गुमा भन्ने ठाउँमा दुर्घटना भएको हो । रासस/एएफपी/सिन्ह्वा
No comments
Post a Comment