Latest News

Sunday, April 30, 2017

मानसिक सन्तुलन नभएकी अपाङ्ग सुत्केरी र ४ दिनको बच्चा गन्हाउने गोठमा

बिष्णुप्रसाद पोखरेल
दमक/ मानसिक सन्तुलन गुमाएकी अपाङ्ग गर्भवती महिलाको आम्दा अस्पतालले उद्धार गरेर सकुशल बच्चा निकालेपछिको अवस्था पनि दर्दानक रहेको पाइएको छ । अस्पतालले निशुल्क सबै उपचारको ब्यवस्था मिलाएपनि सुत्केरी र बच्चाको बसोबासको अवस्था कहालिलाग्दो रहेको पाईएको हो । सोमबार अस्पतालले डिस्चार्ज गरेपछि ति महिलालाइ दमक ९ स्थित एउटा गाइबस्तुको गोठमा राखेको पाईएको हो ।

बोल्न नसक्ने र सुष्त मनिष्थिति भएकी २५ बर्षिया मीना तामाङ्ग र उनले जन्म दिएकी ४ दिनकी छोरीको कन्त बिजोग भएको छ । गरिबीका कारण साहारा खोज्ने क्रममा उनकी आमा सुमित्रा तामाङ्गले गोरुको गोठमा आफ्नी सुत्केरी छोरी र ४ दिनको बच्चा राखेकीछन् । गोठ गन्हाएर भित्र पस्न नै मुश्किल रहेको पाईएको छ ।

पोषिलो खानेकुरा र लगायतका केहि पनि बन्दोबस्त गर्न नसक्ने परिवारकी ति युवतीको दर्दानक पीडा थापा पाएर एकमहिनाका लागि सुत्केरी महिला र बच्चाका लागि आवश्यक खाद्य सामाग्रि लिएर जाने क्रममा आफूले दर्दानक पीडा देखेको दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा दमक जेसिसका उपाध्यक्ष नबिन अग्रवालले बताए । सवाल नेपालले उक्त महिलाको बिषयमा फ्लोअप रिर्पोटिङ्गमा जाने क्रममा अग्रवालले भने भने–सुत्केरी र बच्चालाइ गोठमा सुताईएको रहेछ ।सुत्केरी महिला न बोल्न सक्ने छिनन न त उनको मानसिक सन्तुलन नै ठिक छ । आम्दा अस्पतालका मेसु डा. नबिन ढकाल सहितको स्वास्थ्यकर्मीको टोलीले अथक प्रयासपछि आमा र बच्चाको सकुशल उद्धार गरेको थियो । शिशुलाइ ज्वरो पनि आएकाले उपचार गरेर ठिक भएपछि आज डिस्चार्ज गरेको थियो ।
गोबरसहितको गन्हाउने गोठमा सुत्केरी छोरी र ४ दिनकी नातिनीलाइ देखाउदै आमा सुमित्राले भनिन्–‘राम्रो त कहाँ पाउनु र बस्नु, जस्तो पाइयो त्यस्तै ठाँउमा बसेका छौ ।’ गोठमा खानेकुरा पनि केहि रहेको थिएन । अग्रवालले बिभिन्न खानेकुरा र आवश्यक सामाग्रिहरु लगिदिएपछि परिवारले ठूलो राहतको महसुस गरेको थियो ।
सुत्केरी महिलाको र बच्चाको अवस्था बुझ्न त्यहाँ पुगेकी दमकका सामाजिक अगुवा महिला चाँदनी बस्नेतले त्यो दृश्य देखेर आफ्नो मन रोएको बताइन । उनले भोली नै बच्चा र सुत्केरी आमाका लागि कपडाहरु किनेर लगिदिने बताइन् । यि महिला र बच्चालाइ गोठबाट उद्धार गर्नका लागि कोठा खोज्न पहल गर्ने पर्ने उनले जनाएकीछन् । भोजपुर घर भएकी तामाङको पेटमा बच्चा भएको परिवारले ७ महिनापछिमात्र पत्ता पाएको थियो । सुष्त मनिष्थिति भएकी महिला नबोल्ने भएका कारण कस्को हो भन्ने पत्तो अहिलेसम्म छैन ।

पीडितकी आमा सुमित्रा तामाङका अनुसार मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने उनको पेटमा बच्चा रहेको थाहा भएन । उनले भनिन–‘थाहा पाउदा त ७ महिना बितिसकेको रहेछ, कसले र कहिले यसलाइ यस्तो गर्यो थाहा नै भएन ।’ उनले भनिन–‘एकदिन कपडा खोलेर आँगनमा बसेको अवस्थामा पेट बढेको देखेर हेर्दा त म छाँगाबाट खसे ।’ आँशु झार्दै आमा सुमित्राले भन्छिन–‘कस्को हो, कसरी बस्यो हामीलाइ थाहा भएन् यो बोल्न र भन्न सक्दिन ।’स्रोत :sawalnepal

No comments

Post a Comment