इलाम, बैशाख १६ । इलामको सदरमुकाममा चिया–नास्ता पसल गर्दैैैै आएका भारतीय नागरिक राजु चौधरीले शुक्रबार राति आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन् ।
इलाम चोक बजारमा ठेलामा पसल गर्दै आएका चौधरीले पत्नी बिमलासँग झगडा भएपछि ८ वर्षीया छोरी विरूपाको हत्या गरेका हुन् ।
झगडापश्चात् शुक्रबार साँझ बजारकै फ्रेन्डस् होटलमा दुई छोरीलाई लिएर बास बस्न गएका चौधरीले ठूली छोरीको हत्या गरेर ३ वर्षीया सानी छोरीलाई बेहोस बनाएपछि चौधरीले आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलकुमार यादवले बताए ।चौधरीलाई जिल्ला अस्पतालमा उपचारपछि प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख यादवले बताए ।source:imagechanal
No comments
Post a Comment