Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, April 28, 2017

#Rip #फासिको_सजाय_दिइयोस_अपराधीलाई #share मिङ्वा लिम्बू मृत्यु प्रकरण प्रहरीको भूमिका शंकास्पद ! उर्लाबारीः उर्लाबारी–७ स्थित पशुपति बोर्डिङ स्कूलमा अध्ययनरत एक बालिकाको गत आइतबार रहस्यमय मृत्यु भएको खुल्न आएको छ

#Rip
#फासिको_सजाय_दिइयोस_अपराधीलाई
#share
मिङ्वा लिम्बू मृत्यु प्रकरण
प्रहरीको भूमिका शंकास्पद !
उर्लाबारीः उर्लाबारी–७ स्थित पशुपति बोर्डिङ स्कूलमा अध्ययनरत एक बालिकाको गत आइतबार रहस्यमय मृत्यु भएको खुल्न आएको छ ।
स्थानीय बरगाछीस्थित ठूलोबुवाको घरमा आश्रय लिएर बस्दै आएकी ९ वर्षीया मिङ्वा लिम्बूको रहस्यमय मृत्यु भएको हो । घटना विवरणअनुसार आइतबार दिउँसो १ बजे सोही घरमा रहेको बेला उनलाई टिभीको रिमोर्टले प्रहार गरी मरणासन्न बनाइएको स्थानीयको आरोप छ । सोही कारण उनको मृत्यु भएको भन्ने घटनाले उर्लाबारीमा योबेला सनसनी मच्चिएको छ । यद्यपि, मृतक बालिकालाई संरक्षण दिँदै आएका आफन्तले भने मिङ्वाले झुण्डिएर आत्महत्या गरेको दावी गरेका छन् । ९ वर्षीया बालिकाले आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको घटना प्रकृतिबाट बुझिने स्थानीयको भनाइ छ । झुलको डण्डीमा सलको पासो लगाइ बालिका झुण्डी मरेको भन्ने आफन्तको जिकिर नै शंकास्पद देखिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारी भने यो समाचार तयार पार्दासम्म घटनाप्रति बेखबरझैं रहेको छ । 
घटना भए लगत्तै संरक्षण दिने बालिकाका ठूलोबुबा उर्लाबारी–७ का वीरबहादुर चोङवाङले अचेत अवस्थामा रहेकी बालिकालाई स्थानीय अरनिको अस्पतालमा पुर्याएका थिए । अस्पतालले बालिकालाई मृत घोषणा गरेपछि उनको शव सद्गद् गर्ने भन्दै वीरबहादुरले घरमै ल्याएका थिए । उता, ताप्लेजुङ मैवाखोला गाउँपालिकास्थित घरमा रहँदै आएका मृतकका बुबा छत्रध्वज चोङवाङले आफ्नी छोरीको मृत्यु घटना छानविन गरी पाउँ भनी इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएपछि भने घटनाले नयाँ मोड लिएको हो ।
बालिकाको शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ । उर्लाबारी प्रहरीले भने अनुसन्धान भइरहेको बताएपनि घटना विवरण के भएको भन्ने गुपचुप नै राखेको छ । प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले भने– ‘पोष्टमार्टम रिपोर्ट नआइ यसै भन्न सकिने अवस्था छैन ।’ बालिकाका ठूलोबुवा वीरबहादुर चोङवाङले भने बालिका छटपटिएपछि मात्र आफूलाई थाहा भएको जानकारी दिएका छन् ।
बालिकाको आत्महत्याका विषयमा जानकारी लिँदा बाल विशेषज्ञका रूपमा पूर्वमै कहलिएका चिकित्सक डा. लिलासुन्दर श्रेष्ठले भने बच्चाले झुण्डीएर आत्महत्या गर्नु विरलै हुने घटना मध्येमा पर्ने बताए । उनले यस्तो घटना आफूलाई अहिलेसम्म जानकारीमा नआएको जनाए । 
यसैबीच, मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले मातहतका प्रहरीलाई घटनाको सत्यतथ्य पत्ता लगाएर सार्वजनिक गर्न निर्देशन दिइसकेको बताए ।

No comments

Post a Comment