Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, April 28, 2017

यसकारण नहुने भयो अब वैशाख ३१ मा चुनाव,प्रचण्डले देखाए यस्तो समस्या

लाइट नेपाल
 काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा निर्वाचन गर्न प्राविधिक समस्या रहेको बताएका छन्। बालुवाटारको सर्वदलीय बैठकमा प्रचण्डले घुमाउरो पारामा एकै चरणमा निर्वाचनको प्रस्ताव गरेका हुन्। प्रचण्डले जेठ ३१ मा एकै चरणमा निर्वाचन गर्न घुमाउरो शैलीमा प्रस्ताव गरेका हुन्।बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका नेता अनिल झाले प्रधानमन्त्रीले प्राविधिक समस्या देखाएको बताए। ‘चुनावको मिति र दुई चरणको विषयमा कुरा उठ्यो’, उनले भने, दुई चरणमा गर्दा पहिलो चरणको मतपटेका सुरक्षा घेरामा राखेर एकैचोटी गणना गर्ने कि पहिला नै गणना गर्ने भन्ने विषय प्रधानमन्त्रीले राख्नुभयो।’
उनले बैठकमा निर्वाचन एकै चरणमा गर्नुपर्ने धारणा प्रतिपक्षी दलहरुले राखेको झाले उल्लेख गरे। ‘एकै चरणमा गरौँ भन्ने आवाज प्रतिपक्षीहरुबाट उठ्यो’, उनले भने, ‘ एकै चरण वा दुई चरण गाह्रो छैन तर हामी आन्दोलनमा रहेको हुनाले आन्दोलनमा रहेको अजेण्डा सम्बोधन नगरी चुनावमा जाने अवस्था हुँदैन। एक चरण वा दुई वा त्यो भन्दा बढी मान्य छ तर पहिला संविधान संशोधन हुनुपर्‍यो भन्ने हाम्रो धारणा हो। बैठकमा सहभागि एमाले नेता अग्नि खरेलले पनि निर्वाचन एकै चरणमा गर्नुपर्ने बताए।
‘मतगणना सन्दर्भमा पहिलो निर्वाचन पछिको मतगणनाले अर्कोलाइ प्रभावित पार्छ, त्यसकारणले गणना गर्न हुदैँन’, खरेलले भने, ‘हामीले एकैपटक हुनुपर्छ भनेका छौँ। बजेटको मितिको सार्न पनि हुदैँन, चुनावको बीचमा बजेट ल्याउनु हुदैँन।’ बैठकमा प्रधानमन्त्रीले दुई चरणको बीचमा हुने बजेटको विषयलाई समेत प्राविधिक समस्या भन्दै धारणा मागेका थिए।
प्रतिपक्षीदलहरुले बीचमा बजेट ल्याउन नमिल्ने बताएको थियो भने अन्य दलहरुले प्रचारात्मक कार्यक्रम नराखी जेठ १५ को संवैधानिक व्यवस्था पालना गर्नुपर्ने धारणा राखेका थिए। बैठकमा एमालेले संविधान संशोधनलाई समर्थन गर्न नसक्ने प्रष्ट गरेको थियो। उसले संशोधन सच्याइएको अवस्थामा भने समर्थन गर्न सक्ने धारणा राखेको झाले बताए।
बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमाले सहितका दलहरुले दुई चरणमा नभई निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएको उल्लेख गरे। ‘दुई चरणको निर्वाचन एकै चरणमा निर्वाचन गर्नुपर्छ भनेर एमाले सहितका दुई दल बोल्नुभयो’, निधिले भने। एमालेले संशोधन विधेयकका विषयमा अनविज्ञता प्रकट गरेको उनले बताए। साथै मन्त्रिपरिषद् बैठकको बीचमा प्रधानमन्त्रीले संशोधन परिमार्जन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा औलीसँग कुराकानी गरेको समेत निधिले उल्लेख गरे। यसैबीच प्रधानमन्त्रीले डाकेको शीर्ष नेताहरुको बैठकमा सहभागी हुन एमाले र माओवादी केन्द्रका नेताहरु बालुवाटार पुगेका छन्। पहिलो पोस्टबाट साभार

No comments

Post a Comment