बलात्कारपछि हत्या भएको आशंका
जनकपुरधाम : जनकपुरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
सधैंजसो ब्यस्त रहने जनकपुर नगरको रामचोकमा बिहीबार विहान सडकमै महिलाको अर्धनग्न शव फालिएको देखेपछि सर्वसाधारणले प्रहरीलाई जानकारी गराएका थिए ।शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो देखिए पनि पोष्टमार्टमपछि निष्कर्श निकाल्न सकिने धनुषाका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।शवलाई प्रहरीले परीक्षणको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ । तर शवको हालसम्म सनाखत हुन सकेको छैन ।शव भेटिएपछि कोही पनि खोजी गर्न नआएको उपरीक्षक थापाले बताए । हाल उनको अञ्चल अस्पतालमै राखिएको छ sourc:sagunkhabar.blog

No comments
Post a Comment