Latest News

Saturday, April 29, 2017

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी : शनिबार फिलिपिन्समा शत्तिशाली भूकम्प गएको छ । प्यासाफिक सुनामी सेन्टरले भूकम्प ७.२ रेक्टर स्केलको भएको भनिएपनि अमेरिकी भूगर्वविदले ६.८ रेक्टर स्केलको मात्रै भएको जानकारी गराएका छन् ।
जनरल सान्तोस शहरभन्दा ६८ किमिटाढा दक्षिणी क्षेत्रमा १० किमिको गरिराइमा केन्द्रविन्दु बनाएर भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् । भूकम्पबाट भएको जनधनको क्षतिबारे भने कुनै विवरण आएको नभएपनि थुप्रै घर तथा भवनहरुमा भत्किएकाले ठूलै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
भूकम्पका कारणा सुनामी आउँने खतारा भएकाले सतर्कता अपनाइए
को छ। भूकम्पपछि मान्छेहरु घर छोडेर सडकमा निक्लिएको भएपनि पछि सबै अ-आफ्ना घर फर्किएको बताइएको छ । इन्डोनेसिया लगायत आसपासका क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

No comments

Post a Comment