Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, April 30, 2017

महाअभियोगको विरोधमा उत्रिए कांग्रेस–माओवादीकै सांसद, कीर्ते हस्ताक्षर गरेको खुलासा

दैनिक नेपाल
काठमाडौं, १७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको सत्तारुढ कांग्रेस र माओवादी केन्द्रकै सांसदले विरोध गरेका छन् ।
महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी एमालेसँगै सत्तारुढ राप्रपा पनि विरोधमा उत्रिएका बेला स्वयं अभियोग दर्ता गराउने कांग्रेस र माओवादीकै सांसद विरोधमा उत्रिएका हुन् । उनीहरुले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउन आफूहरुको किर्ते हस्ताक्षर प्रयोग गरेको खुलासा समेत गरेका छन् ।
प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार सत्तारुढ माओवादी केन्द्र र कांग्रेसका २५९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् ।
तर, महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयोग भएको केही हस्ताक्षर र्कीर्ते भएको हस्ताक्षरकर्ताहरुले बताएका छन् । अधिवक्ता एवं कांग्रेस सांसद राधेश्याम अधिकारीले आफूले महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेको र आफ्नो हस्ताक्षर किर्ते भएको दाबी गरे । उनले त्यसलाई सच्याउने आश्वासन पनि दिए ।
त्यस्तै, महाअभियोग पत्रमा हस्ताक्षर भएका माओवादी सांसद शम्भुलाल श्रेष्ठले यसबारेमा आफूलाई केही थापा नभएको बताए । महाअभियोग प्रस्तावमा पार्टीले कीर्ते गरेर आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको आरोप लगाए ।

No comments

Post a Comment