Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, April 29, 2017

दाइजो नपाएपछि घरमै थुनेर यातना ! सेयर गरि सबै दैत्यहरुको विरोध गरौँ

वैशाख १५, २०७४- गोलबजार ६ डेहोटियाकी २२ वर्षीया प्रियंका यादवलाई दाइजोको निहुँमा तीन दिनसम्म घरमै बन्धक बनाएर कुटपिट गरिएको छ । पति, सासु र ससुरा मिलेर कुटपीट गरेका हुन् ।
पति दुर्गा यादव, ससुरा हरिनारायण र सासु अमृतिले तीन दिनसम्म घरभित्र थुनी मुखमा कपडा कोचेर कुटपिट गर्दै यातना दिएपछि बेहोस प्रियंकालाई छिमेकीले उद्धार गरी मंगलबार स्थानीय भुमिजा अस्पतालमा पुर्‍याएका थिए । उनको शरीरका विभिन्न भागमा निलडाम छन् । पेटमा गहिरो चोट लागेकाले गुप्ताँगबाट समेत रगत बगेको अस्पतालले जनाएको छ ।
होस खुलेपछि प्रियंकाले परिवार संग मिलेर पति दुर्गाले तीन दिनदेखि यातना दिँदै कुटपिट गरेको सुनाइन् । यातना र कुटपिटबाट बेहोस भएकी उनी होस खुल्दा अस्पतालको बेडमा रहेको थाहा पाएकी थिइनन् । विवाह भएदेखि नै पटकपटक यातना दिँदै आए पनि पछि माया गर्ला भन्दै आफूले सहँदै आएको बताइन् ।

तर, वैशाख ९ गतेदेखि घरभित्रै बोल्न नदिई मुखमा लुगा कोचेर कुटपिट गरेको उनको भनाइ छ ।
‘कुटपिटबाट बेहोस भएछु,’ उपचाररत प्रियंकाले भनिन्, ‘होस खुल्दा अस्पतालको बेडमा पाए ।’ प्रियंकालाई छिमेकीसहित उनका बुबा भारत खजौली इनरुवाका ७४ वर्षीय रामजुलुम यादव र जेठा भिनाजु कालिकापुरका श्यामले उपचार गराइरहेका छन् ।
भारत खजौली इनरुवाका प्रियंकाको चार वर्षअघि सिरहा गोलबजार ६ डोहटियाका ओमप्रकाश भनिने दुर्गाप्रसाद यादवसँग मागी विवाह भएको थियो । विवाहमा प्रियंकाका बुबा रामजुलुमले ४ लाख रुपैयाँ नगद, एउटा मोटरसाइकल, आठ तोला सुन दाइजो स्वरूप ज्वाइँ दुर्गालाई दिएका थिए ।

‘विवाह भएदेखि नै छोरीप्रति नराम्रो व्यवहार हुन थाल्यो,’ प्रियंकाका बुबा रामजुलुमले भने, ‘पछि ज्वाइँले राम्रो गर्लान् भन्दै छोरीलाई घर पठाएँ, त्यसपछि पनि छोरीप्रति राम्रो व्यवहार भएन ।’ उनका अनुसार विवाह भएको डेढ वर्षपछि ज्वाइँ दुर्गाले अस्ट्रेलिया जान्छु भन्दै ३ लाख रुपैयाँ माग गरे । ‘त्यति रकम दिन नसकिने भनेदेखि नै छोरीलाई यातना दिन थालेका हुन् ।

झन्डै दुई वर्षअघि दुर्गा दुबई उडे । त्यतिखेर पनि रामजुलुमले केही रकम ज्वाइँलाई दिए । ज्वाई दुबई गएदेखि सासूससुराले प्रियंकालाई खाना खान नदिने, मानसिक यातना दिन थालेपछि गोलबजार प्रहरी कार्यालयमा प्रहरीको रोहवरमा रामजुलुमले पञ्चायती राखे । पञ्चायतीपछि पनि खान नदिने लगायत मानसिक यातना दिन नछाडेपछि छोरीलाई आफ्नै घर लिएर गएको रामजुलुमले बताए ।

पाँच महिनाअघि सम्धी हरिनारायणले समाजका छरछिमेकी कुमार यादवसहित चार जनालाई छोरी लिन पठाए । ‘अब छोरीलाई राम्रोसँग राख्लान्, सम्धीले नै लिन पठाएपछि समाजका छरछिमेकीको साथ लगाएर छोरीलाई पाँच महिनाअघि पठाइदिएँ,’ अस्पतालमा छोरीको हेरचाह गरिरहेका रामजुलुमले भने ‘छोरीलाई मरणासन्न हुने गरी कुटपिट गरेर बेहोस भएको खबर आयो, छोरीको यो हालत देख्दा मूर्छित भए ।’

इप्रका गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले दुबईबाट वैशाख २ गते घर आइपुगेका दुर्गाले तीन दिनसम्म घरभित्रै थुनेर कुटपिट, यातना दिएर बेहोस बनाएपछि फरार रहेकाले खोजी भइरहेको जानकारी दिए । प्रहरीले दुर्गाका बुबा हरिनारायणलाई पक्राउ गरी छोरालाई झिकाउने सर्तमा छाडेको छ । कान्तिपुर बाट साभार 

No comments

Post a Comment