Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, April 29, 2017

सिरियामा मृत्यु भएकी नेपाली युवतीको शव मालिकले त्यही गाडिदिए

वैशाख १४, २०७४- तीन महिनाअघि सिरियामा मृत्यु भएकी लामाटोल–९, थाक्पालढाप्प सिन्धुपाल्चोककी २४ वर्षीया माया तामाङको शबलाई मालिकले त्यही गाडिदिएको छ । गत जनवरी २८ तारिख तामाङको हृदयघातबाट मृत्यु भएको सिरियाको अपराध बिभागको रिपोर्टमा उल्लेख छ ।
सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दुताबासलाई तामाङकी मालिककी छोरी लिना अब्देल घानीले युद्धग्रस्त अवस्थाको शबलाई निकाल्न नमिल्ने भएकोले गाडिदिएको सुचना दिएकी थिइन् ।दुताबासका प्रवक्ता सुजन विडारीले पीडितको परिवारलाई क्षतिपुर्ति दिन पहल भइरहेको बताए । तामाङले आफुलाई उद्धार गर्न संयुक्त अरव इमिरेट्स (युएई)स्थित नेपाली दुताबाससँग नियमीत सम्पर्क गर्दै आइरहेकी थिइन ।

मायालाई दुवाईको अज्मानस्थित टोम लेवर रिक्रुटमेन्टले सिरियाको नुवेला इल साम म्यानपावरमा कामका लागि पठाइएको थियो । उसले त्यहाँको युद्धग्रस्त ठाउँ लजिकीय बस्ने असफ कभारी मोहमद हम्जाको घरमा पठाएको थियो ।
मायाले आफ्नो इच्छाविपरीत सिरिया पठाएको र घर मालिकले पिट्ने, तलव नदिने र मानसिक यानता दिने काम भइरहेको बताउने गरेको नेपाली दुताबास, युएईकी श्रम सहचारी हिरादेवी यादवले बताइन् । ‘पीडितलाई उद्धार गर्नको लागि हामीले दुवईबाट पठाउने म्यानपावरसँग समन्वय गरिरहेका थियौ । पीडितसग पनि नियमित सम्पर्क भइरहेको थियो’, यादवले भनिन्, ‘एक्कासी तामाङको मृत्युको खबर सुन्नुपर्‍यो ।’
उनलाई हम्जाले सिरियाबाट पठाउन पाँच हजार डलर र टिकट शुल्क माग गरेको थियो । ‘हामीले माग गरिएको रकम पठाउन दुवईबाट पठाउने म्यानपावरबाट जुटाउन खोजिरहेका थियौं’, दुवई म्यानपावरसँग काम गर्ने राज कार्कीले भने, ‘तामाङलाई सिरिया पठाउने बिषय पनि हामीलाई जानकारी थिएन ।’तामाङकी श्रीमान् पनि दुवईमै कार्यरत छन् । कान्तिपुरबाट साभार गरिएको |

No comments

Post a Comment