Latest News

Sunday, April 30, 2017

श्रीमानले सेक्स गर्न अघि रक्सि पिउनु हुन्छ र मलाई पनि पिउन कर गर्नु हुन्छ,रक्सि नपिए सम्म सेक्समा रुची राख्नु हुदैन किन होला ?

म ३३ वर्षकी भएँ । मेरो विवाह भएको ६ वर्ष भयो । मेरा श्रीमान् ३९ वर्षको हुनुहुन्छ । हाम्रो मागी विवाह भएको थियो । उहाँ सुरुदेखि नै यौनसम्बन्ध राख्नुअघि बियर वा रक्सी पिउन रुचाउनुहुन्छ । वियर वा रक्सी नपिई यौनेच्छा नै नहुने उहाँ बताउँनुहुन्छ । हिजोआज मलाई पनि ती कुरा पिउन कर गर्नुहुन्छ । बिस्तारै उहाँको यस्तो व्यवहार बढ्दै गएको छ । उहाँको यस्तो व्यवहारले मलाई दिक्क तुल्याउन थालेको छ । मलाई यस्तो व्यवहारले भविष्यमा नकारात्मक असर गर्न सक्छ भन्ने लाग्छ । के मेरो डर साँचो हो ?

कतिपय मानिस बियर वा रक्सी पिएपछि आफू नजिकको व्यक्तिलाई आकर्षक देख्छन् । उनीहरू रक्सी पिएको व्यक्तिलाई पनि आकर्षक देख्न थाल्छन् । जो आफू आकर्षक नभएको महसुस गर्छन् उनीहरूले बियर वा रक्सी पिएपछि आकर्षक भएको महसुस गरेपछि त्यसको असरस्वरूप यौनसम्बन्ध राम्रो हुन्छ भन्ने मान्छन् । एक अनुसन्धानमा बियर वा रक्सी पिउन दिएपछि पुरुषलाई महिलाको तस्बिर तथा महिलालाई पुरुषको तस्बिर हेर्न लगाई उनीहरूको प्रतिक्रिया लिइएको थियो । बियर वा रक्सी पिएको तथा नपिएको अवस्थामा एउटै तस्बिर हेर्दा व्यक्त हुने प्रतिक्रियाका आधारमा नतिजा निकालिएको यो अध्ययनलाई अन्तर्राष्ट्रिय जगत्मा बियर गुगल भनिन्छ ।

रक्सीे वा बियरको सेवनले यौन व्यवहारमा अनेकन असर गर्न सक्छ । यसको प्रभावले यौन क्रियाकलाप घटाउँछ । आफ्नो लाज लुकाउन खोज्दा मनोवैज्ञानिक असर पर्छ । क्षणिक रूपमा उत्तेजित गरिसकेपछिको अवस्थामा मादक पदार्थ सेवन गर्नेहरूमा दिक्दारी देखा पर्छ । रक्सी सेवनपछि शारीरिक प्रणालीको सन्तुलनमा प्रतिकूल असर पर्न थाल्छ । रक्सी सेवनले खुसी भइन्छ वा रमाइलो हुन्छ भनिन्छ, तर यसको सेवनले दिक्दारीपन वा रिस बढ्न सक्छ । यसले सन्तुलन वा समन्वयमा पनि नकारात्मक असर गर्छ । मादक पदार्थ सेवनले स्खलनमा समस्या ल्याउने मात्र नभै नपुंसकतासमेत बढाउँदै लान्छ । रक्सीको सबैभन्दा ठूलो नकारात्मक असर आत्मबल घट्नु हो । परिणाम ? पुरुषको यौन व्यवहारमा नाटकीय असर देखा पर्छ ।

अनुसन्धानहरूअनुसार, थोरै मादक पदार्थ सेवनले पनि अण्डकोषबाट उत्पादन हुने टेस्टोसटेरोन हार्मोनमा कमी ल्याउँछ । टेस्टोसटेरोन हार्मोन यौन उत्तेजनाका लागि महत्त्वपूर्ण मानिन्छ । त्यसकारण रक्सी सेवनले पुरुषको यौन क्रियाकलापमा असर पार्छ । अनुसन्धानअनुसार त्यसले यौन सन्तुष्टि, यौन उत्तेजना, वीर्य स्खलन तथा चरम आनन्दमा कमी ल्याउँछ । यौनसम्पर्क गर्नुअघिको रक्सी सेवनले विभिन्न जोखिममा परिने सम्भावना पनि उत्तिकै हुन्छ । जस्तै : असुरक्षित यौन सम्बन्ध, अनिच्छित गर्भधारण तथा बलात्कारका साथै यौनरोगको जोखिम पनि उच्च हुन्छ, तर धेरैजसो युवा यसलाई स्वीकार गर्दैनन् । सेक्सपियरको एउटा पुरानो भनाइअनुसार यसले इच्छा त बढाउँछ तर दक्षता घटाउँछ ।
यौनसम्पर्क गर्नुअघि थोरै रक्सी सेवन गर्दा केही मात्रामा लाज हटाएर आफू अगाडि भएको व्यक्तिसँग खुल्न तथा रोमान्टिक महसुस गर्न मद्दत गर्छ । यौनसम्बन्धलाई लिएर नर्भस हुने पुरुषहरूलाई यौन आनन्द लिन र शीघ्र स्खलन कम गर्न मदिरापानले मद्दत गर्ने कुरा बताइन्छ, यद्यपि रक्सी नै यसको समाधान भने होइन ।यदि तपाईंको श्रीमान्ले यौनसम्बन्धभन्दा अघि रक्सी सेवनलाई सहयोगी तत्त्वका रूपमा लिनुभएको छ भने त्यसले लामो समयपछि उहाँको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्‍याउन सक्छ । अर्को कुरा, यसले तपाईंहरूको आत्मीय सम्बन्धमा समेत नकारात्मक असर पार्छ । यसले बिस्तारै यौन दक्षतामा कमी ल्याउनुका साथै एक–अर्काप्रतिको सम्मानमा पनि कम गर्छ ।

No comments

Post a Comment