युवाहरु भन्छन्,–किन सरकार परिवर्तन गर्ने ? दाङ, साउन ४ । देश र जनताको पक्षमा अभूतपूर्व राम्रा काम गरेर लोकप्रिय बनेको केपि शर्मा ओलीको वर्तमान सरकारको पक्षमा देश व्यापिरुपमा समर्थन गर्दै ¥याली एवं सभाहरु भइरहेका छन् । यहीक्रममा मंगलबार दाङका युवाहरुले स्वतस्फूर्तरुपमा ओली सरकारको पक्षमा मोटरसाइकल ¥याली र सभा गरेका छन् । स्वतन्त्र युवा अभियान दाङले आयोजना गरेको मोटरसाइकल ¥यालीमा सहभागि सयौं युवाहरुले वर्तमान सरकारले देश र जनताको पक्षमा धेरै राम्रा काम गरेको भन्दै सरकारको पक्षमा खुलेर नाराजुलुश गरेका थिए ।
विभिन्न प्लेकार्ड र नेपाली झण्डासहित ¥यालीमा सहभागि युवाहरुले घोराहीको शहिदगेटबाट सुरु गरेको मोटरसाइकल ¥याली ट्राफिकचोक, निमाहल रोड, बैंकरोड, तुलसीपुरचोक, अफिसरोड, जिविसरोड, शहिदउमेशमार्ग रोड, दामोदरचोक, शव्जिमण्डि, नयाँबजार, लखनपार्क, मिलनचोक, रतनपुरचोक, मेनरोड हुँदै तुलसीपुरचोकमा आएर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्ने वक्ताहरुले वर्तमान सरकार इतिहासकै सबै भन्दा लोकप्रिय र राष्ट्रबादी भएको भन्दै भारतीय नाकाबन्दीलाई समेत निष्तेज पारेकोमा प्रशंशा गरेका थिए । मुलुकलाई समृद्ध बनाउन योजनासहितको बजेट वर्तमान सरकारले ल्याएको र छिमेकी देशहरुसँग देश र जनताको पक्षका धेरै नयाँ सन्धीसम्झौताहरु गरेको भन्दै वर्तमान सरकारले राम्रा काम गरेकाले षड्यन्त्रकारी तवरबाट सरकारलाई हटाउन खोजिएको आरोप वक्ताहरुको थियो । नयाँ संविधानमा निर्वाचनपछि मात्र सरकार परिवर्तन गर्ने कुरा उल्लेख हुँदा हुँदै बलजफति नयाँ सरकार गठन गर्न लागिएकोमा युवाहरुले कडाशव्दमा त्यसको निन्दा गरेका थिए । वर्तमान सरकारले लोककल्याणकारी कार्यहरु गरेर जनताको मन जितेकाले अत्तालिएर सरकार परिवर्तनको खेल सुरु भएको भन्दै यसप्रकारको षड्यन्त्र कुनै पनि हालतमा सफल नहुने वक्ताहरुको भनाई थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, दाङ युवा मञ्चका उपाध्यक्ष समिर वली, अर्जुन पन्थीलगायतकाले बोल्नुभएको थि
No comments
Post a Comment