काठमाडौँ । चलचित्र निर्माता तथा चलचित्र कलाकार संघका पूर्व कार्यसमिती सदस्य प्रदिप सिंहको ५९ बर्षको उमेरमा निधन भएको छ।
उनको भारतको कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा शुक्रबार बेलुकी ५ निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए।
उनको पार्थिव शरीरलाई आज कलकत्ताबाट नेपाल ल्याइदै छ। पार्थिव शरीरलाई नेपाल ल्याइसकेपछि अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने बोगटीले जानकारी दिएका छन् ।
आज साढे ३ बजे उनको पार्थिव शरीरलाई त्रिभुवन विमानस्थलमा ल्याइनेछ। प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीको सम्पूर्ण व्यवस्थापन कलाकार संघले गर्नेछ। उनका एक छोरा, २ छोरी र श्रीमति छन्।
चिनोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका सिंहले देउता, दुई थोपा आँशु लगायत सय बढी चलचित्रमा अभिनय गरेका छन्। उनले निर्देशक तुलसी घिमिरेसँग मिलेर चलचित्र समेत निर्माण गरेका छन्।dcnepal

No comments
Post a Comment