Latest News

Monday, April 24, 2017

प्रसव पीडाबाट बच्नका लागि यस्तो डरलाग्दो उपाय अपनाइरहेछन् कम उमेरका गर्भवती महिला

प्रसव पीडाबाट बच्नका लागि यस्तो डरलाग्दो उपाय अपनाइरहेछन् कम उमेरका गर्भवती महिला
एजेन्सी
बैशाख ११ – अष्ट्रेलियामा कम उमेरका गर्भवती महिला प्रसव पीडाबाट बच्नका लागि धुम्रपानको सहारा लिइरहेको बताइएको छ । गर्भवती हुँदा धुम्रपान गर्दा बच्चाको तौल कम हुने मान्यता उनीहरुको छ । यस्तोमा बच्चा कम तौल र हल्का भएका कारण कम प्रसव पीडाका साथ बच्चालाई जन्माउन सकिने भएकाले उनीहरुले धुम्रपान गरिरहेको बुझिएको छ । अष्ट्रेलियाको एक अध्ययनमा यो कुरा सार्वजनिक भएको हो ।

१० वषदेखि अनुसन्धान गरिरहेको खुलासा
अनुसन्धानका अनुसार महिलालाई यो राम्रोसँग थाहा छ कि चुरोट पिउँदा पेटमा हुर्किरहेको बच्चालाई दमको रोग लाग्ने गर्दछ । यस्तो जानकारी हुँदासमेत उनीहरु लगातार चुरोट पिउने गर्दछन् ।

– ती किशोरीहरु बच्चालाई दमको खतरा मंजुर भएको तर स्वस्थ बच्चालाई जन्म दिनका लागि अत्यधिक पीडा सहन नसकिने बताउँछन् ।

– स्मरण रहोस्, अष्ट्रेलियामा धुम्रपानसँग जोडिएको यो खुलासा १० वर्ष मानव विज्ञानमाथि गरिएको अनुसन्धानपछि जारी भएको रिपोर्टमा गरिएको छ । यो रिपोर्टलाई सन् २०१६ मा अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु) ले जारी गरेको थियो ।

चुरोटको बट्टामा भेटियो तरिकाः
किशोरीहरुलाई बच्चाको तौल कम गर्ने यो विचार चुरोटको प्याकेटमा लेखिएको चेतावनीमार्फत भेटिएको भेटेको उक्त अनुसन्धानमा उल्लेख छ । स्मरण रहोस्, अष्ट्रेलियामा चुरोटको प्याकेटमा यो चेतावनी लेखिएको हुन्छ – ‘गर्भवतीको क्रममा धुम्रपान गर्दा बच्चाको तौल कम गर्नसक्छ ।’
यतिमात्र होइन, यो चेतावनी पढेर सचेत हुनुको साटो युवतीहरुले यसबाट गलत कुरा सिकिरहेका छन् ।

No comments

Post a Comment