सहयोगको याचना
मिक्लाजुङ १ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइदिन याचना गरेका छन् ।
तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल धरानमा शल्यक्रिया गरिएको थियोे । पाँच लाख रूपैयाँ चन्दा संकलनबाट उनको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन । तीन लाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिडिरहेका छन् । उनलाई सहयो गर्ने महानुभावले कविन्द्र राईलाई ९७४२६८०२५९ वा ९८४२५८०३५२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

No comments
Post a Comment