Latest News

Wednesday, April 19, 2017

‘धुर्मुस सुन्तलीलाई देश निकाला गर्नुपर्छ’

एल.बि.श्रेष्ठ /दक्षिण कोरिया। महाभूकम्प गएको यो वैशाख महिनाले ठ्याक्कै २ वर्ष पुग्यो२०७२ सालको यहि वैशाखको १२ गते महाभुकम्प गएको थियो १४ वटा जिल्ला त ध्वस्तै भएको थियो । हजारौ मान्छेहरु मरे,हजारौ बेपत्ता, हजारौ घाईते,अपाङ्ग, हजारौ घरवारविहिन,टुहुरा भए।मर्ने त मरेर गए,बाँच्नेको जिन्दगि कष्टकर बन्न पुगे। खानलाई खाना छैन, बस्नलाई बाँस छैन। हरिविजोगै भयो।महाभुकम्प पछाडि यो २ वर्षमा ३ फरक अनुहार, फरक पार्टि, फरक सिदान्तका मान्छे प्रधानमन्त्रि भए। राष्ट्रपति फेरिए।उपराष्ट्रपति फेरिए। दर्जनौ दर्जनौ मन्त्रि फेरिए। सचिव फेरिए,कर्मचारि फेरिए। चिन भ्रमण गरे,भारत भ्रमण गरे।तलवभत्ता बढाए, गाडिहरु फेरिए। मिटिङ गर्ने पाँच तारे हाटेलहरु फेरिए। विडम्वना, ढलेको धरहरा उठेन,गरिवको छाप्रो उठेन,भोकानाङ्गाको पेट भरिएन।भत्केको विधालय,अस्पताल,बाटोघाटो बनेन।
अझैपनि,सिन्धुपाल्कोकको गाँउतिर खाना नपाएर केटाकेटि,वृद्धवृद्धा मरिरहेछन्। गोरखाको गाँउतिर जाडोले कठिङ्ग्रिएर ज्यान गुमाईरहेछ। दोलखाको गाँउतिर औसधि उपचार नपाएर बिरामि,सुत्केरिहरु मरिरहेछन्। दक्षिण एसियाको दोस्रो गरिव मुलुक भईसकेका छन्। काठमाडौमा २४ सै घण्टा सास फेर्न हानिकारक रहेको अध्ययनले देखाईसकेको छ।तरपनि यो देशको काटो खानेहरु,अझैपनि सुकिला मञ्चमा उभिएर उदघोष गर्दैछन्:- “यो देश बनाउने जिम्मा म र मेरो पार्टिको हो । यो देश म र मेरो पार्टि बाहेक अरुले बनाउदैन। मलाई भोट लेउ, यो देशलाई म सिंगापुर बनाउछु।।”
वा! रे वा….
धिक्कार छ नालायकहरु तिमिहरुलाई
तिमिहरुको अनुहारलाई म चरम घृणा गर्छु।
यो गर्छु,त्यो गर्छु, भनेर घोक्रो सुकाएर कहिल्यै नथाक्ने महासयहरु देश र जनताको यस्तो हालत हुनेसम्म कस्को बाउको टाउको कनाईरहेका छौँ । जवाफ छ??
चाईनासंग मतपेटिका मागेर, औलामा लगाउने मसिधरि भारतसंग मागेर चुनाव गरेर यो देश कायपलट गराउछु, भन्दै भुक्ने नेतृत्वकर्ताहरु तिमिहरु चोली र फरिया लगाएर सडकमा नाचेर हिडे हुन्छ।
तिमिहरुमा औकात त्यहि हो ।
देश बनाउने ठेक्का पाएका ठेकेदारहरु,वरिष्ठ,हाकिमहरु,देशको ढुकुटि रिताएर आफ्नो पोल्टो भर्नमा व्यस्त छन्। महाभुकम्प गएको २ वर्ष वित्दा २ वटा ईट्टा ठडाएका छैनन्। देश बनाउने कुनै मतलव छैन। गरिवनिमुखाको कुनै चासो छैन।
यो धुर्मुस सुन्तलिलाई के को सकसक??
लाखौं रकमको तलवभत्ता खाएर, २ वर्षमा सिङ्को भाँच्न सकेका छैनन्:- यो देशको हड्डि चुस्नेहरुले,
अनि धुर्मुस सुन्तलि चाँहि दुनियासंग हारगुहार गरेर, रातारात खटेर, ३ महिनामा ५०/६० घर बनाएर हस्तान्तरण गर्नु पर्ने चटारो किन??
राजनितिको नाममा एउटै दाजुभाई फुटाउने,जाति,वर्ग,धर्म अलगाउने, नरपिसाचहरुको हैकाम चलेको बेला धुर्मुस सुन्तलिलाई हिमाल,पहाड तराई तिनै क्षेत्रमा बस्ति बनाउने चिन्ता किन??
भ्रष्टचारि जेलबाट निस्कदा ६० किलोको मालाले स्वागत गर्ने देश हो ,हाम्रो ज्यानमुद्धा केशमा अदालतले मोस्ट वान्टेड सुचिमा राखेको अपराधिलाई नागरिक अभिनन्दन सहित सम्मान गर्ने देश हो,हाम्रो यो देश चोर,फटाहा,गुण्डा,अपराधि,नैतिकताहिन,गैरजिम्मेवारहरुको हो।रातदिन खटेर घरवारविहिन गरिव निमुखाको बस्ति बनाउदै हिड्ने, दिनदुखिको आशु पुछ्दै हिड्ने, यो दुखेको बेला मलहम पट्टि लगाउदै हिड्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नुपर्छ।
आशाका किरण राष्ट्रका सपूत अशल इमान्दार जतिलाइ छानी छानी देश निकाला गर्नुपर्छ।
किनकि यो देशमा अशल मान्छे र भगवान बस्ने वातवरण नै छैन।समय खराबको छ, अहिले त्यही खराब नकारात्मक नीति र प्रबित्ती नै जतासुकै हाबी छ।
(लेखक एक स्वतन्त्र सचेत नागरिक हुनुहुन्छ)
नया दैनिकी बाट

No comments

Post a Comment