Latest News

Monday, April 17, 2017

डलरको भाउ घटेर नेपाली रुपैयाँ बलियो, वैदेशिक रोजगारमा समस्या

काठमाडौं, २७ चैत, परिवर्तनीय संसारका धेरैजसो मुलुकमा साटिने विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिना यताकै कमजोर बनेको छ ।
निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ ।
अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ बलियो बन्न पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर १०२.४० पैसा खरिद मुल्य र विक्री मुल्य १०३.०३ तोकेको छ ।
यो २० महिना यताकै नेपाली रुपैयाँका तुलनामा कमजोर हो ।
अमेरिकाले पछिल्लो समय सिरियामा श्रृखंलाबद्ध आक्रमण बढाउँदै गएपछि विश्व बजारमै डलर कमजोर बनेको छ ।
अमेरिकी डलर कमजोर बन्दै जाँदा डलरको तुलनामा नेपाली रुपैयाँ बलियो बनेको हो ।
गत बर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च र १ सय ९ रुपैंयाँ ७७ पैसा पुगेको थियो । (नागरिक दैनिकबाट)

No comments

Post a Comment