एजेन्सी । कामवासना हरेक स्वस्थ व्यक्तिको अनिवार्य विषय हो । स्वस्थ व्यक्तिमा यौनचाहना अनिवार्य हुनुपर्छ र भएन भने त्यसले व्यक्ति यौनिक रुपमा अस्वस्थ छ भन्ने कुरा इंगित गर्छ ।मानिसले यौन क्षमता बढाउन विभिन्न खालका उपाय अपनाउछन् । हामीले यहाँ त्यस्ता केही खानेकुराको सूचि प्रस्तुत गरेका छौँ जो मानिसमा कामवासना बढाउन फाईदा जनक हुन्छ –
१. चकलेटको भोजनले शरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा पनि सहयोगी हुन्छ ।
२. वाइनको सेवनले महिला र पुरुष दुबैमा कामवासना तथा यौन क्षमतामा वृद्धि गर्छ ।
३. लसुनमा एलिसिन नामक तत्व पाइन्छ र यसको नियमित सेवनले कामवासनामा वृद्धि गर्छ ।
४. केरामा भिटामिन ए, बि, सी, पोटासियम, लगायतका तत्व प्रशस्त मात्रामा पाइन्छ । भिटामिन बी र पोटासियम शरीरमा सेक्स हर्मोनको उत्पादन बढाउन सहयोगी हुन्छन् ।
५. तराइका थारु आदिवासीले खाने घाेंगिको सेवनले मानिसमा यौनक्षमता बढाउन निकै सहयोग गर्छ ।
६. कुरिलोमा विभिन्न भिटामिनका,पोटासियम लगायतका तत्व पाइन्छ यसले शरीरमा रक्तसंचार सन्तुलित गराउँछ ।साथै यसको सेवनले मानिसमा यौन क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ ।
७. खुर्सानीको सेवनले पनि मानिसमा कामवासना वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । खुर्सानीमा पाइने क्याप्साइसिन तत्वले यसमा भूमिका खेल्छ ।
८. तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौनक्षमतामा वृद्धि हुन्छ ।
No comments
Post a Comment