एजेन्सी
चैत ३१ – भारतीय शहर भिलाईकी एक महिलालाई रायपुरतर्फ जाँदै गरेको रेलले काट्यो । रेल गएपछि त्यहाँ जुन दृश्य देखियो त्यो निकै विभत्स थियो । महिला गर्भवती थिइन् र रेलले काट्ने बित्तिकै उनको पेटबाट करिब ८ महिनाको छोरी निस्किएर पछारियो । महिलाको शव क्षत विक्षत अवस्थामा थियो भने नवजात शिशुको तत्काल मृत्यु भयो ।
भारतीय समाचार एजेन्सीले दिएको जानकारी अनुसार घटना कुम्हारी रेलवे स्टेशन नजिकैको हो । त्यहाँ करिब ३५–४० वर्षकी गर्भवती महिला स्टेशनमा हिँडिरहेकी थिइन् ।
– उनले आफू पावर हाउसतर्फ जान लागेको जानकारी दिएकी थिइन् ।
– केही समयपछि उनी रायपुरबाट आउँदै गरेको रेलतर्फ अघि बढिन् । हेर्दा हेर्दै उनलाई रेलले काट्यो । जसका कारण उनको गर्भमा हुर्किरहेकी ८ महिनाकी छोरी अर्को किनारामा रहेको ढुङ्गामा गएर पछारिन पुगिन् । महिलाले हरियो रंगको साडी लगाएकी थिइन् ।
महिलाको शरिर यति क्षत–विक्षत भएको थियो कि त्यसलाई बटुलेर बोरामा हालेर पोष्टमार्टमको लागि लग्नु परेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
No comments
Post a Comment