Latest News

Friday, April 21, 2017

मानव खप्पर, मुसा र सर्प बाेकेर तमिल नाडूका किसानहरु अान्दाेलनमा छन् । उनीहरुकाे विचित्र अान्दाेलन शैलीकाे फाेटाेहरु हेर्नुहाेस्

- तामिल नाडूमा यो वर्ष खडेरी परेको र सरकारले सहयोग उपलब्ध गराउनुपर्ने भन्दै त्यहाँका किसान १८ दिनदेखि दिल्लीमा आन्दोलनरत छन् ।
उनीहरुले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा आन्दोलन गरिरहेका छन् । उनीहरुको आन्दोलनको शैली भने विचित्रको छ । आन्दोलनमा सहभागी केही किसानले मानव खप्पर बोकेका छन् ।
उनीहरुले आन्दोलनको क्रममा मुसा र सर्प खाएर सांकेतिक विरोध जनाइरहेका छन् । खडेरीका कारण उब्जनी नभएको र आफूहरु मुसा र सर्पको मासू समेत खान बाध्य भएको उनीहरुको गनासो छ ।

No comments

Post a Comment