Latest News

Monday, April 17, 2017

तिब्र गतिको बस पल्टिँदा १५ यात्रु घाइते, ४ को अवस्था गम्भिर

बाग्लुङ । बाग्लुङ्गको काठेखोला गाउँपालिका– ५ मा एकाबिहानै यात्रुबाहक बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ४ को अवस्था गम्भिर रहेको छ । दुर्घटना एकाबिहानै ३ बजेतिर भएको प्रहरीले जनाएको छ ।

ना ६ ख २०६० नम्बरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । फाइल तस्विर

No comments

Post a Comment