मर्मतका लागि सडक छेउमा रोकिराखेको यात्रु बसमा भारतीय ट्रक ठोकिन पुग्दा पाँच जनाको मृत्यु भएको छ।
बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका ४० किलो भन्ने स्थानमा शुक्रबार राति दाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ४९९५ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको यूपी ५८ ‘टि’ ५८७१ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
मृत्यु हुनेमा बसमा सवार चार जना र ट्रक चालक रहेको इलाका प्रहरी कार्यालय कावासोतीका नायव उपरीक्षक राजेश थापाले बताए। बसको चक्का पञ्चर भएर सडक छेउमा मर्मत गरेको अवस्थामा ट्रकले ठक्कर दिएको थियो।
मृत्यु हुनेमा दाङ सिरीगाउँका १६ बर्षीय बलिराम चौधरी, सोही ठाउँका १७ बर्षीय वीरबल चौधरी, दाङ शान्तिपुर गाविस बालापुर गाउँका ३३ बर्षीय धर्मराज चौधरी र सुर्खेत जुमखोलाका ३८ बर्षीय हरि रामजाली मगर र रहेका छन्। उनीहरु सबै बसमा सवार थिए।
त्यसैगरी ट्रक चालक भारत उत्तरप्रदेश बराहीच जिल्ला दरगा गाउँ बस्ने ३० बर्षीय रियाज खानको मृत्यु भएको छ। घाइतेहरुको मध्यबिन्दु अस्पताल कावासोतीमा उपचारपछि फर्केका छन्।
No comments
Post a Comment