बैतडीको दोगडाकेदार गाउँपालिका वडानम्बर-३ श्रीकोटमा रुख ढलेर किच्दा ७ वर्षका निसान्त भट्ट कपाडी र १३ वर्षका अभिषेक भट्ट कपाडीको ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुका घर नजिकै रहेको जस्लिगको मन्दिरसँगैको धारामा पानी भर्नेबेला ख
डकको रुख ढलेर किच्दा उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनु भयो । शब पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पतालमा ल्याइएको छ ।
No comments
Post a Comment