Latest News

Friday, April 14, 2017

काठमाडौंको बिचित्रको यौन बजार

राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफू
लाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन्, यौनकर्मी ठगिन्छन् ।कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश । महिलाको शरीरलाई वस्तु ठान्ने तिनै दलालहरूको बिगबिगी छ, काठमाडौँका यौनधन्दा हुने इलाकाहरूमा
दलालहरू यौनकर्मीलाई ग्राहक जुटाइदिने र ग्राहकलाई यौनकर्मीसम्म पु¥याइदिने काम मात्रै गर्दैनन्, दुवै पक्षलाई लुट्ने काम पनि गर्छन् । प्रहरीका अनुसार आफूलाई ‘गाइड’ बताउने यस्ता दलाल विभिन्न आवरणमा छ्यापछ्यापती भेटिन्छन् । रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेका स्थान वरपर दलालहरूको राज नै चल्छ । ‘उनीहरू यौनकर्मी र व्यवसायीले भन्दा कैयौँ गुणा नाफा कुम्ल्याउँछन्,’ डीएसपी सोमेन्द्रसिंह राठौर भन्छन् ।

No comments

Post a Comment