काठमाडौँ । १६ महिनाअघि आगोले जलेर थलिएका राउटे कपिल शाहीलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
गत बर्ष पुषमा आगो ताप्ने क्रममा २० बर्षीय कपिल जलेर भाइते भएको उनका पिता राउटे मुखिया वीरबहादुर शाहीले बताए। घाइते शाही अछामको भैरवस्थानका हुन्।बेल्जियमका डाक्टर लुक बुकुरसहितको टोलीले राउटे शाहीलाई उद्धार गरी बिहीबार काठमाडौं ल्याएको उद्धार टोलीका सदस्य लोक दाहालले बताए।
शाहीको अवस्था गम्भीर छ । आगोले पोलेर उनको पाखुरा, ढाड र पेटमा घाउ भएको छ। लामो समयदेखि घाउ भएकाले उनको शरीरबाट गन्ध आइरहेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
No comments
Post a Comment