Latest News

Friday, April 21, 2017

मेयर पदका आकांक्षीमाथि सुतीरहेकै बेला यसरी भयो सांघातिक आक्रमण

बैतडी । स्थानीय तहको चुनावी सरगर्मी बढीरहेका बेला बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि बिहीबार राती सांघातिक कुटपिट भएको छ।
गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतीरहेका बेला राती ११ बजेतिर भट्टमाथि कुटपटी भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए। कुटपिटबाट भट्टको शरीरभरी घाउचोट लागेको छ भने देब्रे घुँडाको पांग्रा फुटेर टुक्रा टुक्रा भएको जिल्ला अस्पातल बैतडीले जनाएको छ। उनले भने ‘भट्ट सुतीरहेका बेला शिवनाथ गाउँपालिकाका धिरेन्द्र चन्द र विरेन्द्र लगायतका मानिसहरुले एक्कासी आक्रमण गरेका रहेछन् । आक्रमणबाट भट्ट गम्भीर घाइते हुनुभएको छ।
भट्टलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल बैतडीका डा प्रनाम जैरुले जानकारी दिए। भट्टमाथि कुटपिट गरेको आरोपमा शिवनाथ गाउँपालिकाका धिरेन्द्र चन्द र विरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका दुवैजना माथि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

No comments

Post a Comment