Latest News

Friday, April 21, 2017

विप्लवको डरलाग्दो अभ्यास : युद्धको अन्तीम तयारीका लागि हतियारसहित जंगलमा गोप्य तालिम विप्लवको पहिलो निसानामा माओवादी केन्द्रका नेता र कार्यकर्ता पर्ने

७,वैशाख,काठमाडौं । मुलुक स्थानीय निकायको चुनावमा होमिएका बेला सरकार विरुद्ध आक्रामक  अभिव्यक्ति दिने कम्युनिष्ट पार्टी विप्लव समूहले चुनाव भाँड्न डरलाग्दो अभ्यास गरिरहेको खुलासा भएको छ ।

‘दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी गरौंः जनसत्ता सुदृढ र विस्तार गर्दै अ
घि बढौं’ भन्ने नारा बोकेका कार्यकर्ता चुनाव प्रतिरोधी सैन्य तालिममा सक्रिय छन् । उनीहरु सैन्य तालिममा पछिल्लो ६ महिनादेखि सक्रिय रहेका छन् ।
स्रोतका अनुसार जनयुद्धताका तत्कालीन माओवादीले सञ्चालन गरेको सुकिदह केन्द्रमा अर्धसैन्य संरचनामा करिब तीन सय कार्यकर्ता सैन्य तालिम गरिरहेका छन् । तालिममा केही थान हतियारको समेत प्रयोग भएको छ  सल्यान, रुकुम र रोल्पाको सिमानास्थल सुकिदहलाई केन्द्र बनाएर त्यस आसपासका कार्यकर्तालार्य तालिम दिइरहेको स्रोतको दाबी छ । 
स्रोतको दावी अनुसार पूर्वजनमुक्ति सेनाका ब्रिगेड सहायक कमाण्डर सल्यानका चन्द्रबहादुर खड्काले प्रशिक्षण दिइरहेका छन् । तालिममा रुकुम र सल्यानका १५०-१५० जना कार्यकर्ता सहभागी रहेको भनिए पनि अन्य जिल्लाका कार्यकर्तालाई समेत लगिएको छ ।
विप्लव कार्यकर्ताको पहिलो निशानामा माओवादी केन्द्रका नेता र उम्मेद्वार भएको सूचना पाएपछि रुकुमस्थित माओवादी केन्द्रले वाइसिएललाई संगठित समेत गरेको छ । 
उम्मेद्वार तथा नेतालाई कब्जा गर्ने, ज्यान मार्ने धम्की दिने अनि मोटो रकम असुल्ने योजना विप्लवको पार्टीले बनाएको छ । 
मतदान केन्द्र आसपास बम पड्काउने, मतदान स्थलमा सर्वसाधारणलाई जानबाट रोक्नेलगायत कार्यसूची तय गरेको पाइएको छ ।
उनीहरुले चुनाव बिथोल्न खर्च चाहिने भन्दै १० लाखभन्दा माथिका विकासे योजनाको विवरण समेत खोजिरहेका छन् । उपभोक्ता समितको अध्यक्ष र तिनको सम्पर्क नम्सर प्राप्त गरी कम्तीमा १५ प्रतिशत बुझाउन तारन्तार धम्की दिइरहेको बुझिएको छ । 

No comments

Post a Comment