Latest News

Friday, April 21, 2017

करोडौं कुम्ल्याएर भागेका खनालको जायजेथा रोक्का,पाँच कर्मचारी निलम्बित


अर्जुन गिरी ,पोखरा ७ बैशाख ।
करोडौं रुपैया आर्थिक हिनामिना गरी फरार भएका कैलाश विकास बैंक लामाचौर शाखाका प्रमुख रविचन्द्र खनालको सम्पूर्ण जायजेथा रोक्का गरिएको छ । खनालको तनहुँस्थित पुख्यौली सम्पतिसहित, पोखरा पस्र्याङको घरजग्गा र गगनगौंडाको जमिन लगायत जायजेथा रोक्का गरिएको कैलाश विकास बैंकको पोखरा क्षेत्रीय कार्यालय प्रमुख सूर्य तिवारीले जानकारी दिए ।
साथै बैंकले आर्थिक अनियमितता गरी भागेका शाखा प्रमुख खनालसहित ५ कर्मचारीलाई निलम्बन गरेको छ । लामाचौर शाखामा बैंकले बुधबारदेखि अरु कर्मचारी खटाएको छ । कर्मचारीले पैसा हिनामिना गरेको खबर सार्वजनिक भएपछि निक्षेपको चिन्ताले शाखा पुगेका कतिपय ग्राहकलाई बैंकले पैसासमेत दिएको छ । कतिपयलाई बचतकर्ताको पैसा केही नहुने भन्दै विश्वस्त पारेर फर्काएको छ । आर्थिक हिनामिनाको यकीन विवरण निकाल्न बैंकले अहिले अडिट गरिरहेको समाधान दैनिकले छापेको छ ।
खनालको तनहुँस्थित पुख्यौली सम्पतिसहित, पोखरा पस्र्याङको घरजग्गा र गगनगौंडाको जमिन लगायत जायजेथा रोक्का गरिएको छ । साथै बैंकले आर्थिक अनियमितता गरी भागेका शाखा प्रमुख खनालसहित ५ कर्मचारीलाई निलम्बन गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरिसकेको बैंकले अडिटमा पत्ता लागेपछिको आर्थिक अनियमितताको विवरण प्रहरीलाई उपलब्ध पनि गराउँदैछ । अहिलेसम्मको अडिटबाट खनालले झन्डै २ करोड हिनामिना गरेको देखिए पनि त्यो रकम अझै बढी हुनसक्ने अनुमान छ । फेक ट्रान्जेक्सनबाट खनालले बैंकको पैसा हिनामिना गरेको अड्कल काटिएको छ ।
केही समयअघि अमेरिका घुमेर फर्केका खनालसँग उक्त देशको ५ वर्षको भिसा रहेकाले उतै गएको अनुमान छ । त्रिभुवन विमानस्थल काठमाडौंको अध्यागमन कार्यालयको रेकर्डले खनाल देशबाट बाहिरिइसकेको देखिएको छ ।
खनालले आफु कार्यरत बैंकको साथै साथीभाइ, चिनेजानेका तथा बैंकका ग्राहकसँग पनि व्यक्तिगत रुपमा पैसा उठाएको र सहकारीबाट समेत पैसा लिएको बैंकरहरू बताउँछन् । तर उनीहरूमध्ये कसैले पनि प्रहरीमा उजुरी भने गरेका छैनन् । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंक व्यवस्थापनले खनाल भागेको थाहा पाउनासाथ अडिट टोलीलाई पोखरा पठाएको थियो ।

खनाल कैलाश विकास बैंकमा आउनुअघि नेपाल एक्सप्रेस फाइनान्सको पोखरा, सभागृहचोकस्थित शाखा प्रमुख थिए । उक्त फाइनान्स गएको वर्षमात्रै कैलाश विकास बैंकमा मर्ज भएको थियो । सँगसँगै मेट्रो विकास बैंक पनि मर्ज भएको थियो ।source:jukson.com

No comments

Post a Comment