Latest News

Monday, April 3, 2017

स्तन क्यान्सरको कोषको वास्तविक फोटोहरु सार्वजनिक, (हेर्नोस्, तस्वीर)

काठमाडौं, चैत २१ । यहाँ प्रस्तुत् गरिएको १० फोटोहरु स्तन क्यान्सरको ट्युमरको उपचारकाक्रममा केन्द्रीय स्नायु प्रणालीमा आक्रमण गर्ने क्यान्सरको कोषलाई स्क्यान गरी खिचिएको वास्तविक फोटाहरु हुन् । जसले क्यान्सरको उपचारमा नयाँ तरंग ल्याएको छ ।
अब क्यान्सरको कोषको अवस्थानुसार उपचार गर्न सकिने भएको छ । जसबाट स्तन क्यान्सरका रोगीहरुको उपचार थप प्रभावकारी हुनेछ । स्क्यानिङ इलेक्ट्रोन माइत्रलोग्राफ (एसइएम)को सहायताले खिचिएका यी वास्तविक रंगिन फोटोहरु हुन् । जसले तपाइँलाई आश्चर्यमा पार्नेछ ।
चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर)लाई कसरी क्यान्सर कोषहरुले आक्रमण गर्दछ भन्ने अचम्म र आश्चर्य यी फोटोहरु देखाउँछ । सीएआर शरीरको प्रतिरक्षा प्रणालीको टी कोषसँग सम्बन्धित छ । जहाँ बिरामीको क्यान्सरका कोषहरुले चिनेर हमला गर्छन् र आफूजस्तै बनाइदिन्छन् ।
केलीडोस्कोपिक आकृतिलाई क्यान्सरका कोषहरु र टी कोषहरुलाई नांगो आँखाले प्रस्ट देख्नसक्ने बनाउनका लागि वैज्ञानिकहरुले फोटोको आकृति दुई हजार गुणा बढाइदिएका छन् ।
यी फोटोहरु वैज्ञानिकहरुको समूह ‘स्टुडियो आइ अफ साइन्स’ले तयार गरेको हो । स्तन क्यान्सरका बिरामीको लगभग तीन थरिका शल्यक्रियामार्फत् उपचार गर्ने गरिन्छ ।
माथि चित्रमा देखिएअनुसार उपचारकाक्रममा स्तन क्यान्सर कोष (हरियो)ले चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष (सुन्तला रङ)लाई आक्रमण गरिरहेको छ ।

No comments

Post a Comment