के कारणले रिँगटा लाग्छ ?
तपार्इंलाई टाउको उठाउनै नसक्ने किसिमको रिँगटा लाग्ने कुरा गर्नुभएको छ, तर कस्तो किसिमको रिँगटा हो खुलाउनुभएको छैन । हामी विभिन्न किसिमको स्थितिलाई बोलीचालीमा रिँगटा लागेको भन्छौं, त्यसैले पनि के कारणले यस्तो भएको हो भनेर निक्र्यौल गर्न कस्तो किसिमको रिँगटा हो छुट्टयाउनु जरुरी छ । आफू घुमेजस्तो लाग्ने वा आफ्ना वरिपरिका कुरा घुमेजस्तो लाग्ने (Vertigo) अनि आफू सन्तुलित हुन नसकेको स्थिति होस् (Disequilibrium) वा बेहोस होला–होला जस्तो (Presyncope) अनि हावामा तैरिरहेजस्तो अनुभव हुने जस्ता अनेक स्थितिलाई पनि हामी रिँगटा लागेको भन्छौं । रिँगटा लाग्नु भनेको कुनै अन्तरनिहित समस्याको लक्षण हो । यो लक्षण देखिनुका अनेक कारण हुन सक्छन् । हाम्रो शारीरिक स्थिति, विशेष गरेर कानका समस्या, मस्तिष्कमा भएका समस्या, निम्न रक्तचाप, रक्तअल्पता वा रगतको ग्लुकोजको मात्रा कमी हुने, माइग्रेन, चिन्ता, निराशाजस्ता कतिपय कारणले रिँगटा लाग्न सक्छ ।
तपार्इंले रिँगटाको प्रकारका बारेमा सीमित जानकारी मात्र दिनु भएकाले यसै भन्न सकिने स्थिति भएन । यौनसम्पर्कसँग सम्बन्धितजस्तो देखिए पनि यो समस्या अन्य अन्तरनिहित शारीरिक वा मानसिक कारणले पनि उत्पन्न भएको हुन सक्छ ।भित्री कानको समस्याले पनि रिँगटा लाग्छ । सन्तुलनका लागि आँखाबाट प्राप्त सन्देश, शारीरिक अवयवको गति वा स्थितिबाट पाएको सन्देश र भित्री कानबाट प्राप्त सन्देशलाई मस्तिष्कले सयोजन गर्छ र शरीरलाई सन्तुलित अवस्थामा राख्छ । भित्री कानको खराबी हुँदा आँखा वा शरीरवाट पाएको सन्देश र भित्री कानबाट प्राप्त सन्देशको तालमेल मिल्दैन र हामीलाई रिँगटा लागेको अनुभव हुन्छ । त्यसैगरी रक्तसञ्चारमा भएको समस्या जस्तै कि रक्तचापमा कमी हुनु वा मुटुको चालको खराबी वा ह्दयघातजस्ता समस्याले पनि रिँगटा लागेको अनुभव हुन्छ । त्यसैगरी स्नायुसम्बन्धी खराबी, औषधी, चिन्ता, रक्तअल्पता, रगतमा चिनीको मात्रा कम हुनु अनि धेरै गर्मीको अनुभव हुनु वा जल विनियोजन हुनुजस्ता स्थितिमा पनि रिँगटा लाग्छ ।
के यौनसम्पर्क पनि यी रिँगटा लाग्नुको कारण हुनसक्छ ?
यौनसम्पर्क एक विशेष किसिमको क्रियाकलाप हो । यसका शारीरिक एवं मानसिक दुवै पक्ष छन् । शारीरिक पक्षको कुरा गर्दा कतिपय यौनसम्पर्कमा शारीरिक रूपमा निकै सक्रिय भइन्छ । विशेष गरेर चरमसुख प्राप्त गर्ने बेलामा श्वास–प्रश्वासको गति तीव्र हुने, ह्दयगति अनि रक्तचाप बढ्नेजस्ता कुरा हुन्छन् । यी कुरा पनि यौनसम्पर्कका बेलामा रिँगटा लाग्ने कारण हुन सक्छन् । Positional vertigo, कानको pressure sensivity, मुटुका कतिपय स्थिति, माइग्रेन, अत्यधिक श्वास–प्रश्वास, मानिसिक स्थिति अनि औषधीको प्रयोगजस्ता कतिपय कुराबाट रिँगटा लाग्ने कुरालाई यौनसम्पर्कले बढाउन सक्छ । यौनसम्पर्क निकै पीडादायक भएको स्थितिमा रिँगटा लाग्छ ।
तपार्इंले रिँगटाका साथै टाउको कत्तिको दुख्ने गरेको छ स्पष्ट रूपमा उल्लेख गर्नुभएको छैन । यौनसम्पर्कका कारण टाउको दुख्ने स्थितिलाई चिकित्साको भाषामा coital cephalgia भनिन्छ । त्यसबाहेक तपार्इंले अन्य कारणले यस्तो स्थितिमा भएका बेला रिँगटा लागेको अनुभव गर्नुभएको छ कि छैन, त्यसका बारेमा केही लेख्नुभएको छैन । यस्ता कुराका बारेमा पनि जानकारी दिनुभएको भए समस्याको समाधान खोज्न सजिलो हुने थियो । गत दुई महिनामा तपाईंको शारीरिक वा मानसिक परिस्थितिलाई प्रभाव पार्ने कुरा भएको छ कि छैन, अनि त्यसैगरी तपाईंले कुनै औषधीको सेवन गर्नुभएको कुरा होस् वा महिनावारीमा आएको कुनै परिवर्तन— त्यसका बारेमा पनि केही लेख्नुभएको छैन ।
के गर्नुपर्ला त ?
तपाईंले भित्री कान, मस्तिष्क अनि स्नायु प्रणालीलगायत अन्य कारणले रिँगटा लाग्ने कुरा बुझि नै सक्नुभयो । पहिलो कुरा, रिँगटाको प्रकारको विश्लेषण गर्नु जरुरी छ । यसका लागि केही परीक्षण पनि गर्नुपर्ने हुन्छ, जसका आधारमा तपाईंलाई के कारणले रिँगटा लागेको हो, पत्ता लगाउन सकिन्छ । प्राय:जसो कारण पत्ता लागेपछि उपचार गर्न त्यति गाह्रो हुँदैन । यसका लागि तपार्इंले चिकित्सकसँग सम्पर्क राख्नुपर्ने हुन्छ । आवश्यकता हेख री कान, स्नायु प्रणाली वा मनोचिकित्सासम्बन्धी विशेषज्ञबाट पनि जाँच गराउनुपर्ने हुन सक्छ । तपार्इंलाई टाउको उठाउनै नसक्ने किसिमको रिँगटा लाग्ने कुरा गर्नुभएको छ, तर कस्तो किसिमको रिँगटा हो खुलाउनुभएको छैन । हामी विभिन्न किसिमको स्थितिलाई बोलीचालीमा रिँगटा लागेको भन्छौं, त्यसैले पनि के कारणले यस्तो भएको हो भनेर निक्र्यौल गर्न कस्तो किसिमको रिँगटा हो छुट्टयाउनु जरुरी छ । आफू घुमेजस्तो लाग्ने वा आफ्ना वरिपरिका कुरा घुमेजस्तो लाग्ने (Vertigo) अनि आफू सन्तुलित हुन नसकेको स्थिति होस् (Disequilibrium) वा बेहोस होला–होला जस्तो (Presyncope) अनि हावामा तैरिरहेजस्तो अनुभव हुने जस्ता अनेक स्थितिलाई पनि हामी रिँगटा लागेको भन्छौं । रिँगटा लाग्नु भनेको कुनै अन्तरनिहित समस्याको लक्षण हो ।
यो लक्षण देखिनुका अनेक कारण हुन सक्छन् । हाम्रो शारीरिक स्थिति, विशेष गरेर कानका समस्या, मस्तिष्कमा भएका समस्या, निम्न रक्तचाप, रक्तअल्पता वा रगतको ग्लुकोजको मात्रा कमी हुने, माइग्रेन, चिन्ता, निराशाजस्ता कतिपय कारणले रिँगटा लाग्न सक्छ । तपार्इंले रिँगटाको प्रकारका बारेमा सीमित जानकारी मात्र दिनु भएकाले यसै भन्न सकिने स्थिति भएन । यौनसम्पर्कसँग सम्बन्धितजस्तो देखिए पनि यो समस्या अन्य अन्तरनिहित शारीरिक वा मानसिक कारणले पनि उत्पन्न भएको हुन सक्छ ।भित्री कानको समस्याले पनि रिँगटा लाग्छ । सन्तुलनका लागि आँखाबाट प्राप्त सन्देश, शारीरिक अवयवको गति वा स्थितिबाट पाएको सन्देश र भित्री कानबाट प्राप्त सन्देशलाई मस्तिष्कले सयोजन गर्छ र शरीरलाई सन्तुलित अवस्थामा राख्छ । भित्री कानको खराबी हुँदा आँखा वा शरीरवाट पाएको सन्देश र भित्री कानबाट प्राप्त सन्देशको तालमेल मिल्दैन र हामीलाई रिँगटा लागेको अनुभव हुन्छ । त्यसैगरी रक्तसञ्चारमा भएको समस्या जस्तै कि रक्तचापमा कमी हुनु वा मुटुको चालको खराबी वा ह्दयघातजस्ता समस्याले पनि रिँगटा लागेको अनुभव हुन्छ । त्यसैगरी स्नायुसम्बन्धी खराबी, औषधी, चिन्ता, रक्तअल्पता, रगतमा चिनीको मात्रा कम हुनु अनि धेरै गर्मीको अनुभव हुनु वा जल विनियोजन हुनुजस्ता स्थितिमा पनि रिँगटा लाग्छ ।
के यौनसम्पर्क पनि यी रिँगटा लाग्नुको कारण हुनसक्छ ?
यौनसम्पर्क एक विशेष किसिमको क्रियाकलाप हो । यसका शारीरिक एवं मानसिक दुवै पक्ष छन् । शारीरिक पक्षको कुरा गर्दा कतिपय यौनसम्पर्कमा शारीरिक रूपमा निकै सक्रिय भइन्छ । विशेष गरेर चरमसुख प्राप्त गर्ने बेलामा श्वास–प्रश्वासको गति तीव्र हुने, ह्दयगति अनि रक्तचाप बढ्नेजस्ता कुरा हुन्छन् । यी कुरा पनि यौनसम्पर्कका बेलामा रिँगटा लाग्ने कारण हुन सक्छन् । Positional vertigo, कानको pressure sensivity, मुटुका कतिपय स्थिति, माइग्रेन, अत्यधिक श्वास–प्रश्वास, मानिसिक स्थिति अनि औषधीको प्रयोगजस्ता कतिपय कुराबाट रिँगटा लाग्ने कुरालाई यौनसम्पर्कले बढाउन सक्छ । यौनसम्पर्क निकै पीडादायक भएको स्थितिमा रिँगटा लाग्छ ।
तपार्इंले रिँगटाका साथै टाउको कत्तिको दुख्ने गरेको छ स्पष्ट रूपमा उल्लेख गर्नुभएको छैन । यौनसम्पर्कका कारण टाउको दुख्ने स्थितिलाई चिकित्साको भाषामा coital cephalgia भनिन्छ । त्यसबाहेक तपार्इंले अन्य कारणले यस्तो स्थितिमा भएका बेला रिँगटा लागेको अनुभव गर्नुभएको छ कि छैन, त्यसका बारेमा केही लेख्नुभएको छैन । यस्ता कुराका बारेमा पनि जानकारी दिनुभएको भए समस्याको समाधान खोज्न सजिलो हुने थियो । गत दुई महिनामा तपाईंको शारीरिक वा मानसिक परिस्थितिलाई प्रभाव पार्ने कुरा भएको छ कि छैन, अनि त्यसैगरी तपाईंले कुनै औषधीको सेवन गर्नुभएको कुरा होस् वा महिनावारीमा आएको कुनै परिवर्तन— त्यसका बारेमा पनि केही लेख्नुभएको छैन ।
के गर्नुपर्ला त ?
तपाईंले भित्री कान, मस्तिष्क अनि स्नायु प्रणालीलगायत अन्य कारणले रिँगटा लाग्ने कुरा बुझि नै सक्नुभयो । पहिलो कुरा, रिँगटाको प्रकारको विश्लेषण गर्नु जरुरी छ । यसका लागि केही परीक्षण पनि गर्नुपर्ने हुन्छ, जसका आधारमा तपाईंलाई के कारणले रिँगटा लागेको हो, पत्ता लगाउन सकिन्छ । प्राय:जसो कारण पत्ता लागेपछि उपचार गर्न त्यति गाह्रो हुँदैन । यसका लागि तपार्इंले चिकित्सकसँग सम्पर्क राख्नुपर्ने हुन्छ । आवश्यकता हेख री कान, स्नायु प्रणाली वा मनोचिकित्सासम्बन्धी विशेषज्ञबाट पनि जाँच गराउनुपर्ने हुन सक्छ । @डा. राजेन्द्र भद्रा ©sapthaik
No comments
Post a Comment