Latest News

Monday, April 17, 2017

बाघको आक्रमणमा अनुहार गुमाएका व्यक्ति (फोटो सहित)


एजेन्सी, बंगलादेशका हाश्मोत अली जसलाई २० बर्ष पहिले बाघको आक्रमण गरि अनुहारको
मासु खाइदिएको थियो । उनको को आधा भन्दा बढी भाग बाघले आक्रमण गरि खाइदिएको थियो ।
२० बर्ष अघि साथीहरुसँग मह काड्न मेंग्रोव जंगल गएका उनि मह काडेर फर्किएपछि राती  डुंगामा सुतिरहेको बेला बाघले आक्रमण गर्दा उनको अनुहारको मासु खाइदिएको थियो । साथीहरुसँग सुतेका उनले बाघले आक्रमण गरेपछि चिच्याएका थिए ।  चिच्याए लगतै साथीहरुले घरेलु हतियार  सहित बाघमाथि आक्रमण गरेपछि बाघ जंगल तिर भागेको थियो ।
घटना लगतै हाश्मोतलाइ अस्पताल पुर्याएपनि उनको अनुहार भने बचाउन सकेन्न । २० वर्ष देखि आफ्नो अनुहार लुकाएर हिडेका उनि अहिले भने प्लास्टिकका लागि मद्दत मागिरहेका छन् । तीन सन्तानका पिता हाश्मोत माछा मारेर जीवनयापन गरिरहेका छन् ।

No comments

Post a Comment