Latest News

Monday, April 17, 2017

यूएईमा यी ६ नेपाली महिला कामदारलाई बिक्रिमा राखियो

काठमाडौं, बैशाख २– युएईको एक म्यानपावर कम्पनीले ६ नेपाली कामदार महिलालाई आफ्नो ब्यापारीक वेबसाईटबाट बिक्रीमा राखेको छ ।
यूएईको उक्त म्यानपावर कम्पनीले रोजगारका लागि आफ्नो वेवसाटमा कामदारको विवरणसहित राख्ने गरेको छ नेपालका विभिन्न ठाउँका ६ जना महिलाको तस्विरसहित अलशाहिनहोल्डिङ डक कमले नेपाली कामदार महिलालाई विक्रीमा राखेको हो ।
चार महिलाको नाम एउटै भए पनि थर फरक छ । दुई महिलाको पनि एउटै नाम छ भने थर र ठेगाना फरक छ ।
यस बिषयमा नेपाली दुताबास युएईले कुनै जानकारी नभएको र उक्त महिलाहरू कसरी युएई आएर म्यानपावर एजेन्सीसम्म कसरी पुगे भन्ने बारे अनविज्ञ रहेको एक कर्मचारीलाई उद्धृत गर्दै गोरखा वेलफेयर सोसाइटी यूएईका सभापति विनोद श्रेष्ठले रातोपाटीलाई बताए ।
अलशाहिन मेनपावर रिक्रुटमेन्टले सबै महिलाको पूर्ण विवरणसमेत छुट्टछुट्टै राखेको छ ।

No comments

Post a Comment