काठमाडौं । व्यस्त बजार न्युरोडको मख्खन टोलस्थित सुरज आर्केड अगाडिको घरमा आगलागी भएको छ । दिउँसो २ बजेर १० मिनेट जाँदा आगलागी भएको हो ।
नजिकैको मखनगल्लीमा रहेको एउटा कपडा पसलबाट आगलागी सुरु भएको जनसेवा प्रहरीले बताएको छ । आधा घण्टादेखि दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन् बाक्लो बस्ती भएकाले आगो नियन्त्रण गर्न कठिनाइ भएको प्राविधिकले बताएका छन् । नेपाली सेनाले नजिकैको घरको छतमा चढेर आगो निभाउने प्रयास गरिराखेको छ । इन्द्रचोकका अधिकांश घरमा कपडा पसल भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको जनसेवा प्रहरीका सही भीम रावतले बताए उनले भने, ‘घटनाको थप विवरण आउन बाँकी नै छ ।’news24
No comments
Post a Comment