Latest News

Friday, December 30, 2016

नयाँबानेश्वरमा सरकारी गाडी जलाइयो, यस्तो छ चालक र गाडी चढ्नेको बयान

 काठमाडौं, पुस १५ । सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको भन्दै शुक्रबार काठमाडौंको नयाँबानेश्वरमा एउटा सरकारी गाडीमा आगजनी र एउटा गाडी तोडफोड गरिएको छ ।नयाँबानेश्वरको इन्दे्रणी कम्प्लेक्सअगाडि पार्किङमा राखिएको बा२झ १३९२ नम्बरको स्कार्पियो जिप जलाइएको हो ।यो गाडी सहरी विकास मन्त्रालयअन्तर्गतको बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष किशोर शाक्यले चढ्दै आएका थिए ।गाडीका चालकले सरकारी बिदाको दिन चलाएको भन्दै युवा संघका कार्यकर्ताले गाडीमा आगजनी गरेको जानकारी दिएका छन् ।समितिका अध्यक्ष शाक्यले इन्द्रेणी फुडल्यान्डमा सडक बोर्डको वार्षिकोत्सव कार्यकम रहेको र आफू सोही कार्यक्रममा सहभागी हुन गएकोबेला गाडीमा आगजनी भएको दाबी गरे ।यस्तै, स्थानीय विकास मन्त्रालयका सहसचिव जीवनकुमार श्रेष्ठले चढ्दै आएको बा२झ १०५५ नम्बरको जिपमा पनि युवा संघका कार्यकर्ताले शुक्रबारै सोही स्थानमा तोडफोड गरेका छन् ।यस्तै, सडक विभागको एउटा गाडीमा पनि तोडफोड भएको छ ।

No comments

Post a Comment