Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, December 30, 2016

भन्सार नतिरी ३२ इन्चको एलसिडी टिभी लग्न खोज्दा एयरपोर्टमै समातिए २८ वर्षीय युवक

थाई एयरवेजको टिजी ३१९ नम्बरको उडान बैँककबाट काठमाडौँ उत्रन्छ मध्याह्न १२ बजेर २५ मिनेटमा। त्यसको केही घण्टापछि त्यही जहाज चढेका यात्रुले ल्याएको सामानसहित एक जना व्यक्ति पक्राउ परे। उनको दोष थियो ३२ इन्चको तीन वटा एलसिडी टिभी अवैध रुपमा कलेक्सन गर्नू।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको समाचार अनुसार पक्राउ पर्ने व्यक्ति हुन् संखुवासभा मच्छेपोखरी–४ का २८ वर्षीय महेश गुरुङ। हाल उनी कीर्तिपुर बस्दा रहेछन्। बैँककबाट थाई एयरको विमानमा आउने यात्रु पनि उनै हुन् कि हैनन्, प्रहरीको समाचारमा खुलेको छैन। तर उनलाई समातिएको भने एयरपोर्टभित्र होइन, बाहिर हो।
गुरुङ एराइभल गेट बाहिर पार्किङ एरियामा थिए। प्रहरीले उनलाई त्यही पार्किङ एरियामा नै सामसुङ कम्पनीका ३२ इन्चका तीन वटा एलसिडी टिभी अवैध रुपमा कलेक्सन गरेको अवस्थामा पक्राउ गरेको बताएको हो।अर्थात् सामान विमानस्थलबाट बाहिर आइसकेको थियो। भन्सारबाट पनि कटिसकेको थियो। बाहिर पार्किङ एरियामा बल्ल प्रहरीले समातेको हो।ती सामान प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय पठाएको जनाएको छ।
वैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिकलाई एक पटकको लागि ३२ इन्चसम्मको जुनसुकै टिभी ल्याए पनि सम्पूर्ण कर महसुल छुट दिने प्रावधान छ।तर त्यसबाहेकका टिभी ल्याएमा इन्च अनुसार एकमुष्ट रकम भन्सार महसुल वापत असुल गरिन्छ। भन्सार नतिरी सामान लगे जफत गर्न सक्ने प्रावधान छ।


टिभी जुनसुकै प्रकारको (LCD, LED, PLAZMA) भए पनि इन्च गनेर भन्सार महसुल लिइन्छ भने भन्सार सेवा शुल्कका रुपमा थप ५६५ रुपैयाँ तिर्नुपर्छ। वैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिकले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अर्थात् उनीहरुले सुको तिर्नुपर्दैन। यसका लागि तपाईँले आफू विदेशमा बसेको अवधि खुल्ने गरी आफ्नो नाम, पासपोर्ट नम्बर र ठेगाना अनि पासपोर्टमा उल्लेख भएको विदेशमा गएको र आएको समय आदिको विवरण भन्सार कार्यालयमा अभिलेखको लागि भरेर दिनुपर्छ। अरुका लागि भने दुई किसिमको क्राइटेरिया छ- छ महिनासम्म विदेशमा बसेर फर्केको र छ महिनाभन्दा बढी विदेशमा बसेर फर्केको। बढी विदेशमा बसेर फर्केकालाई अलि डिस्काउन्ट छ इन्चमा ५० रुपैयाँ। भित्र क्लिक गरी हेर्नुस् कति इञ्चको टिभीको कति रकम तिर्नुपर्ने हो?


यो सूचि अनुसार बायाँ पट्टी छ महिनासम्म विदेशमा बसेकाहरुका लागि र दायाँ पट्टी छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। उदाहरणका लागि १४ इञ्चको टिभी हो भने छ महिनासम्म विदेशमा बसेकाले प्रति इञ्च २०० रुपैयाँका दरले भन्सार महसूल २८ सय र भन्सार सेवा शुल्क ५६५ गरी कूल ३ हजार ३६५ तिर्नुपर्‍यो। अनि छ महिनाभन्दा बढी बस्नेले प्रति इञ्च १५० रुपैयाँका दरले भन्सार महसूल २१०० र भन्सार सेवा शुल्क ५६५ गरी कूल २ हजार ६६५ रुपैयाँ तिरे पुग्ने भयो।

यसै अनुसार इञ्चैपिच्छेको रकम हेर्दै जानुस्। ५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ।


No comments

Post a Comment