बर्दिबास ।मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मंगलबार विहानै देखि खुशी थिइन । बिहानै देखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन् ।मर
नी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् ।
मरनीले धुर्मुशलाई भेटेपछि निकै खुशी हुदैं भनिन्, ‘ हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ ! ’मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरी रहेका थिए । एका बिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार धुर्मुसको स्वागत्मा जुटे ।
No comments
Post a Comment